मुलुकको समृद्धि र जनाधिकारको रक्षा कांग्रेसले मात्रै गर्छ : जोशी

पर्वत, असोज १४–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले जनताको अधिकारको रक्षा र मुलुकको समृद्धि नेपाली काँग्रेसले मात्रै गर्ने बताउनुभएको छ । नेपाली काँग्रेस मोदी गाउँपालिका वडा नम्बर ८ चित्रेले आयोजना गरेको राहत बितरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले यस्तो बताउनुभएको हो । ‘जनताको अधिकारको रक्षा काँग्रेसले गर्छ, मुलुकको संबृद्धि काँग्रेसले मात्रै ल्याउन सक्छ, महिला, दलित, गरिब तथा पिछडिएको क्षेत्रको अधिकार काँग्रेसले मात्रै रक्षा गर्न सक्छ’ जोशीले भन्नुभयो ।
जोशीले जनताको दुःखसुखको पार्टी नै नेपाली काँग्रेस भएको बताए । गत निर्वाचनमा नेकपा एमाले र माओबादी मिलेर निर्वाचनमा गएर दुई तिहाई ल्याएपनि उनीहरु सरकार चलाउन असफल भएपछि मुलुकको नेतृत्व दिन र प्राप्त उपलब्धीको रक्षा गर्न काँग्रेस अगाडी सरेको उहाँले बताउनुभयो । ‘पाँच बर्षका लागि नेपाली काँग्रेस प्रतिपक्षमा बस्न खोजेकै हो, तर दुई तिहाई हुँदा पनि नेकपाले सरकार चलाउनै सकेन, नेकपाको सरकारका बेला विभिन्न समयका आन्दोलनबाट प्राप्त उपलब्धीसमेत खतरामा प¥यो’ नेपाली काँग्रेस सरकारमा जानुपर्नाका कारण औल्याउदै जोशीले भन्नुभयो–‘त्यही कारण नेपाली काँगे्रस सरकारमा गएको हो ।’
उहाँले अहिले जनतालाई भ्रममा पारेर अघिल्लो निर्वाचनमा मत पाउनेहरुबाट जनता अहिले आजित भएर ठाउँठाउँमा काँग्रेस रोज्न थालेको पनि बताउनुभयो । ‘काँग्रेसले ढाट्दैन, जनतालाई भ्रम छर्दैन, काँग्रेसले जे बोल्छ त्यो गरेर छाड्छ, गर्न नसक्ने कहिल्यै बोल्दैन’ जोशीले भन्नुभयो । पर्वत जिल्लामा विकासको जग नै आफु सांसद हुँदा राखेपनि अहिले यो चार बर्षको अवधिमा पर्वतमा विगतमा भएका विकासका काम पनि अलपत्र परेको जोशीले दाबी गर्नुभयो ।
कार्यक्रममा जोशीले कोभिड–१९ बाट मृत्यु भएका मोदी–८ चित्रेका सावित्री विक र कुन्ती सुनारको परिवारलाई नेपाली काँग्रेस पर्वतको तर्फबाट नगद राहत प्रदान गर्नुभएको थियो । जोशीले विकको परिवारलाई २० हजार र सुनारको परिवारलाई १५ हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।
जोशीले चित्रेमा जितबहादुर सुनार, लिला सुनार, सुस्मिता सुनार, राजेन्द्र विक, सिर्जना सुनार, लक्ष्मी सुनार, सिता सुनार, राजु सुनार, जंगबहादुर सुनार, कुमार सुनार, पूर्णबहादुर क्षेत्री, संगिता क्षेत्री, लक्ष्मी सुनार, गोकर्ण भारती, टुकबिर बिकलगायत डेढ दर्जनलाई नेपाली काँग्रेसको सदस्यता प्रदान गरी पार्टी प्रवेश गराएका थिए । ती सबै नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।
नेपाली काँग्रेस मोदी–८ चित्रेका सभापति भिमप्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, महाधिवेशन प्रतिनिधि शेरबहादुर सुनार, जिल्ला कार्य समिति सदस्य रामबहादुर प्रसाई (जिवन), जिल्ला कार्य समिति सदस्य एवम् यातायात समन्वय विभागका केन्द्रीय सदस्य शिवप्रसाद सुबेदी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, नेपाली काँग्रेस मोदीका सभापति निर्देश लामिछाने, उपसभापति पार्वती सुबेदी, तिलक शर्मा, महिला नेतृ बाटुली पौडेल, स्थानीय नेताहरु सुकबहादुर गुरुङ, महेन्द्र गुरुङ, सुकबहादुर सुनार, डिल्ली शर्मालगायतले बोल्नुभएको थियो ।  

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000