मोदी कोरोना अस्पतालमा काँग्रेस नेता जोशीद्वारा अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान

पर्वत, असार ६–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले मोदी गाउँपालिकामा सञ्चालित कोरोना अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ । आइतबार अस्पतालमै पुगेर जोशीले पल्स अक्सिमिटर, सर्जिकल मास्क, एननाइन्टी फाइप मास्क, सर्जिकल ग्लोब, केश फिल्ड, हेन्ड सेनीटाइजर, पिपिई सेटलगायतका महत्वपूर्ण स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो । जोशीले ती सामाग्री अस्पतालका स्वास्थ्यकर्मी प्रकाश सुबेदीलाई हस्तान्तरण गर्नुभएको थियो ।
मोदी गाउँपालिकास्तरीय कोरोना अस्पताल मोदीको तिलाहार स्वास्थ्य चौकीको भवनमा सञ्चालन हुँदै आएको छ । उक्त स्वास्थ्य सामाग्री काँग्रेसका प्रभावशाली नेता जोशीको पहलमा नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठले ब्यवस्थापन गरी पठाउनुभएको हो । अस्पताललाई प्रदान गरिएका सामाग्रीमा सर्जिकल मास्क एक हजार थान, एन नाइन्टीफाइप मास्क एक सय थान, सर्जिकल ग्लोब ४० थान, केश फिल्ड ५० थान, हेन्ड सेनीटाइजर २५ थान, पल्स अक्सिमिटर आठ थान र पिपिई रिजेबल ओरिजिनल दुई थान रहेको छ । यसअघि पनि पर्वत जिल्लाका विभिन्न भागमा स्वास्थ्य सामाग्री बितरण गर्दै आउनुभएका जोशीले जिल्ला प्रशासनमार्फत बितरण गर्न पनि उल्लेख्य स्वास्थ्य सामाग्री भित्राउनुभएको थियो ।
जोशीले स्वास्थ्य सामाग्री थोरै र हेर्दा सानो कुरा भएपनि यसले अस्पतालमा ठुलो राहत मिल्ने विश्वास ब्यक्त गर्नुभयो । ‘यी महत्वपूर्ण स्वास्थ्य सामाग्रीले स्वास्थ्यकर्मी पनि सुरक्षित रहेर बिरामीको उपचारमा सहयाग मिल्छ की भन्ने मनसायले मैले नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्षमार्फत यी सामाग्री ल्याएको हु’ जोशीले भन्नुभयो–‘आफ्नो ज्यानको प्रभाह नगरी कोभिडका बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई मेरो तर्फबाट र नेपाली काँग्रेसको तर्फबाट धेरै धेरै धन्यबाद छ ।’ आगामी दिनमा पनि जुनसुकै अफ्ठ्यारा, समस्या पर्दा पनि आफुलाई सम्झन पनि सबैलाई आग्रह जोशीले गर्नुभयो । जोशीले पर्वतमा संक्रमित भएका कोभिडका बिरामीलाई नम्बर पाएसम्म सम्पर्क गरेर समस्या बुझ्ने र उपचारमा सहजीकरण गर्ने काम गर्दै आउनुभएको छ ।
जोशी संयोजक भएर निर्माण गरिएको बिपि स्मृति भवन (नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय)समेत जोशीकै अग्रसरतामा जिल्लामा कोरोना संक्रमित राख्न आवश्यक पर्छ भने दिने निर्णय भएको थियो । ‘सहयोग गर्ने भनेकै आपत पर्दा हो, समस्या पर्दा हो, दुःख पर्दा हो, त्यसैले आफुले जहाँबाट जे सहयोग गर्न सकिन्छ त्यो गर्नुपर्छ’ जोशीले भन्नुभयो ।
नेपाली काँग्रेसका नेता एवम् यातायात ब्यवस्था विभागका केन्द्रीय सदस्य शिवप्रसाद सुबेदीले अहिले बिश्वभरी नै कोभिडले प्रभाव पारेको र अहिले सानो सहयोगले पनि धेरै राहत मिल्ने भएकोले कोभिड निर्मुल पार्न र यसबाट आम नागरिकलाई बचाउनका लागि सबैको सहयोग हुनुपर्ने बताउनुभयो ।
सहयोग हस्तान्तरणका क्रममा मोदी गाउँपालिकाका सभापति जीवनाथ शर्मा, जिल्ला कार्य समिति सदस्य मधु शर्मा, नेपाली काँग्रेसका नेता पदमपाणी शर्मा, ठक्करप्रसाद शर्मा, दिपेन्द्रजंग लामिछाने, निर्दोश लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000