बर्षायामका लागि छुट्टै ठेक्का लगाउँदै जलजला

पर्वत, असार ६–जलजला गाउँपालिकाले बर्षायामका लागि नदीजन्य बस्तु उत्खनन् र निकासीका लागि छुट्टै ठेक्का लगाउने भएको छ । शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा (४) १३ बमोजिम बर्षायामका लागि छुट्टै ठेक्का लगाउने निर्णय गरेको हो ।
गाउँपालिकाभित्रका आठ वटा बगरमा बोलकबोलमार्फत सुचना निकालेर आर्थिक ऐन २०७७ मा भएको ब्यवस्थाअनुसार भदौ १५ सम्मका लागि छुट्टै ठेक्का लगाउने निर्णय भएको हो । ‘नदीमा बर्षायाममा पनि ढुंगा, गिट्टी, बालुवाको चोरी निकासी बढ्ने भएका कारण ऐनले दिएको ब्यवस्थाअनुसार असर नगर्नेगरी बर्षायामका लागि छुट्टै ठेक्का लगाउने निर्णय कार्यपालिका बैठकले गरेको छ’ गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का अध्यक्ष देविन्द्रबहादुर भण्डारी (रवि)ले भने । उनकाअनुसार जलजलाले बर्षाको समयमा हुने चोरी निकासी र राजस्व चुहावट रोक्न नयाँ कार्यविधिीमा टेकेर ठेक्का प्रक्रिया सुरु गर्न लागेको हो ।
‘विगतमा बर्षामा ठेक्का नलगाएको समयमा डोजर लगाएर बालुवा निकालेर चोरी निकासी भएको थियो’ प्रवक्ता भण्डारीले भने–‘चोरी, निकासी र राजस्व चुहावट हुनु भन्दा नयाँ कार्यविधी अनुसार ठेक्का लगाएरै तोकिएको परिमाणमा बैधानिक हिसाबले बालुवा निकाल्न दिने निर्णय गरेका हौ ।’ उनकाअनुसार यसले राजश्व चुहावट रोकिनेछ ।
आईईई रिपोर्टअनुसार लामाखेत बगरबाट १० हजार, घुमाउने बगरबाट पाँच हजार, केराबारी बगरबाट सात हजार, मोहनचोकको लुङ्दी बगरबाट १० हजार, फर्से बगर कबाट १० हजार, फर्से बगर ख बाट २० हजार, ज्यामिरे बगरबाट पाँच हजार र खनियाघाट बगरबाट १० हजार घनमिटर बालुवा निकाल्न ठेक्का लगाउने निर्णय गरेको भण्डारीले जानकारी दिए ।
उनकाअनुसार प्रतिघनमिटर २८० रुपैयाँ न्युनतम मूल्य कायम भएको छ । जलजलाले यसअघि नदीजन्य बस्तुको उत्खनन्का लागि उपकरण प्रयोग गर्ने दिनेगरी ठेक्का सम्झौता गर्दै आएको छ । ठेक्का सम्झौता बिना आफुखुसी बालुवा निकाल्ने र निकासी गर्नेलाई ट्याक्टरलाई पहिलो पटक १५ हजार, टिपरलाई २५ हजार र डोजरलाई ५० हजार जरिवाना तिराउने र दोहो¥याएमा जरिवाना सोहीअनुसार बढाउने भएको छ ।
जलजला गाउँपालिकाले नदीजन्य बस्तुलाई मुख्य आन्तरिक आयस्रोत बनाएको छ । अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले विकास आयोजनाका लागि आवश्यक कच्चा पदार्थको सहज आपुर्ति गराउन, आन्तरिक आयस्रोत बढाउन र चोरी निकासी रोक्नका लागि बर्षायामका लागि छुट्टै ठेक्का लगाउन लागिएको जानकारी दिए । ‘कालीगण्डकीले बगाएर ल्याउने बालुवालाई चेकड्याम बनाएर निकाल्ने हो’ उनले भने–‘बगेर खेर जाने बालुवा गाउँपालिकाको आन्तरिक आयस्रोतमा रुपान्तरण गराउन सबैको सहयोग आवश्यक छ ।’
सम्झौता अनुसार उतखनन् भए नभएको अनुगमन र चोरी निकासी रोक्न जिल्ला समन्वय समिति, प्रहरी कार्यालय र पालिकाका प्रहरीले निगरानी गर्ने ब्यवस्था मिलाएको छ । चालु आर्थिक बर्षमा पनि नदीजन्य बस्तुसहित ११ महिनाको अवधिमा दुई करोड ८६ लाख रुपैयाँ आन्तरिक आम्दानी गरेको जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000