अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

पर्वत, जेठ २९–कोभिड–१९ बिरुद्धको अभियानमा सघाउन पर्वतबाट विभिन्न देशहरुमा गएर बसेका नेपालीहरुको संस्था अन्तराष्ट्रिय पर्वत समाजले पुनः स्वास्थ्य सामाग्री सहयोग गरेको छ । दुई साताअघि पर्वतका सात वटै पालिकामा १२ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको समाजले शुक्रबार थप ११ थान अक्सिजन कन्सन्ट्रेटरसहित सामाग्री प्रदान गरेको छ ।
प्रमुख संरक्षक हितकाजी गुरूङको संयोजकत्वमा बैठक आह्वान भएको थियो । बैठकमा कुल आचार्य, सुबास जोशी (सन्तोष), पुरन गिरी, गुणराज शर्मा पौडेललगायतको सहभागिता थियो । त्यही बैठकले सुवास जोशी (सन्तोष) को संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेपछि सोही समितिको सक्रियतामा रकम संकलन भएको समाजका महासचिव गुणराज शर्मा पौडेलले जानकारी दिए । आर्थिक संकलन समितिमा झलक केसी बेल्जियम, परशुराम पौडेल युएई, दिपिका भुषाल ईजरायल, ईश्वर जोशी–जापान, गोविन्द पौडेल अमेरिका, बाबुराम शर्मा अमेरिका र अन्तराष्ट्रिय पर्बत समाजका सदस्य तथा सस्थाका अध्यक्षहरु रहेका थिए ।
प्रमुख संरक्षक गुरुङले पर्बतबाट बैदेशिक रोजगारीमा आएका ब्यक्तिहरूले आफ्नो पसिनाको मुल्य जम्मा गरेर आफु जन्मेको जिल्लामा पठाएको बताए । ‘कोभिडको संकट सामना गर्न देशब्यापी अक्सिजन अभाव भइरहेको सन्दर्भमा अक्सिजनकै कारण कसैको ज्यान नजाओस भनेर कन्सन्टे«टर पठाएका हौ । सामाग्री सही रुपमा सदुपयोग गरिदिन अनुरोध गर्दछु’ समाजका प्रमुख संरक्षक गुरुङले भने ।
अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जन्मभुमिका लागि निरन्तर सहयोग गर्दै आएको भन्दै आगामी दिनहरुमा पनि आफु जन्मेको जिल्लामा अफ्ठ्यारो पर्दा समाज सधै साथमा रहने बताए ।
अन्तराष्ट्रिय पर्वत समाजका नेपाल प्रतिनिधि मुना भुसालले बिदेशमा रहेर पनि आफ्नो जन्मभुमिमा अफ्ठ्यारो पर्दा पर्वतमा अन्तराष्ट्रिय पर्वत समाजले अत्यन्तै सामिप्यताको अनुभुति गराउदै मलमपट्टी बाध्ने काम गर्दै आएको बताइन । ‘जन्मभुमिबाट कोषौ टाढा बसेर पनि जिल्लामा अफ्ठ्यारो पर्दा सधै अग्रभागमा रहेर अन्तराष्ट्रिय पर्वत समाजले सहयोग गरेको छ’ समाजका नेपाल प्रतिनिधि भुसालले भनिन् ।
चीनबाट अक्सिजन कन्सन्ट्रेटर मेसिन खरिदका लागि समाजका संरक्षक महेश श्रेष्ठले समन्वय गरेका थिए । चीनबाट नेपाल ल्याउनको लागि सरकारीस्तरबाट समन्वय राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए । तिमिल्सिनाले समाजमा आबद्ध पर्वतेलीले आफ्नो जन्मभुमिप्रति देखाएको सहयोगप्रति धन्यबाद दिए ।
सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका संरक्षक गोविन्द सुवेदीले पर्वतबाट प्रवासी जीवन विताइरहेका पर्वतेलीहरु दुःखमा सँधै एकजुट हुने गरेको बताए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000