निको हुने सङ्ख्या बढ्दै

काठमाडौं, जेठ १६–नेपालमा शनिबार  थप  चार  हजार  ४८७ व्यक्तिमा  कोरोना  भाइरस  सङ्क्रमण देखिएको  छ । योसहित नेपालमा कुल  सङ्क्रमितको  सङ्ख्या  पाँच लाख ५३ हजार ४२२ पुगेको छ ।

यसैगरी  छ  हजार  ८०  जना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा चार लाख ३४ हजार ७५० जना निको भएका छन् । शनिबार थप ११६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

योसहित  नेपालमा  कोरोनाबाट मृत्यु  हुनेको  सङ्ख्या  सात  हजार १६३ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका  अनुसार १४  हजार  छ  जनाको  पीसीआर  र ७४६  जनाको  एन्टिजेन  विधिबाट गरी  कुल  १४  हजार  ७५२  जनाको कोभिड–१९ परीक्षण गरिएको थियो ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक  लाख  ११  हजार  ५०९  रहेको छ । त्यसैगरी  देशभरका  कोभिड अस्पतालका आईसीयूमा एक हजार ६१४ जना र भेन्टिलेटरमा ४५७ जना सङ्क्रमित उपचाररत छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

ललिता निवास जग्गा हिनामिना प्रकरण : सुवेदी दम्पतीको बयानबाट नयाँ तथ्य खुल्दै

प्रधानमन्त्री देउवाले भारतीय मोदीसँग उठाउलान् यी मुद्दा ?

नेपालमा बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000