पर्बत अस्पताललाई अावश्यक पर्ने अक्सिजन नेपाली काङ्ग्रेस पर्बतले उपलब्ध गराउने केन्द्रीय सदस्य अर्जुन जोशीको घोषणा

पर्बत, जेठ ६- पर्बत जिल्ला अस्पताललाई अावश्यक पर्ने अक्सिजन ग्यास नेपाली काङ्ग्रेस पर्बतले उपलब्ध गराउने भएको छ । पर्बत अस्पतालमा अक्सिजन ग्यास खरिद गर्न आवश्यक स्रोत नभएको अस्पतालले जनाएपछि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबम् स्थानीय तह समन्वय बिभागका केन्द्रीय संयाेजक अर्जुनप्रसाद जोशीले पर्बत अस्पतालमा आवश्यक पर्ने ग्यास नेपाली काङ्ग्रेसले उपलब्ध गराउने घोषणा गर्नुभएको हो । पर्बत अस्पतालमा आवश्यक पर्ने अक्सिजन ग्यास पोखराबाट आउने गरेको छ । जोशीले अक्सिजन ग्यासको सिलिन्डर र धुवानी बाहेक अक्सिजन ग्यास कति लाग्छ त्यो नेपाली काङ्ग्रेसले उपलब्ध गराउने जानकारी दिनुभयो । हिजो बुधबार स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने क्रममा पुर्ब साम्सदसमेत रहेका जोशीले अस्पतालको अवस्थाका बारेमा जानकारी लिएपछि आवस्यक पर्ने अक्सिजन उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । जाेशीका अनुसार रित्ता सिलिन्डर अस्पतालले उपलब्ध गराउने, धुवानी कुश्मा नगरपालिकाले ब्यहाेर्ने र ग्यास नेपाली काङ्ग्रेसले उपलब्ध गराउने भएको हो । जोशीले कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि सवैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभएको छ । मुलुकमा दोस्रो चरणमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) का कारण नागरिकहरुको मृत्यु समेत भएकाले यस रोगको रोगथाम र नियन्त्रणका लागि सवै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गदै नेता जोशीले कोरोना भाईरस गाउँगाउँमा फैलिएको बताउँदै यसको न्यूनीकरणका लागि वडास्तर देखीनै सचेतनाका कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो ।
काँग्रेस नेता जोशीले कोरोना भाइरस रोकथाममा सरकार पूर्ण असफल भएकाले जनता आफै सुरक्षित भएर बस्नुपर्ने बताउनु भयो । उहाँले सरकारले सुरक्षित गर्छ भन्ने सोचेर नबस्न सबैमा आग्रह गर्नुभयो । नेता जोशीले भन्नुभयो, ‘सरकारले गर्ला र हामी सुरक्षीत हौँला भनेर नबसौँ । आफूले आफैलाई सुरक्षीत गर्नुप¥यो । आफैलाई सुरक्षीत हुने तरिका खोज्नु प¥यो । आफ्ना साथीभाइ, टोल छिमेकलाई सुरक्षीत रहन र सचेतना अभियानलाई अगाडी बढाउन सबैलाई आह्वान गर्छु ।,’ जोशीले मास्क लगाउन, भौतीक दुरी अनिवार्य रुपमा कायम गर्न, स्यानीटाइजर प्रयोग गर्न र अनावश्यक बाहिर हिडडुल नगर्न पनि सबैमा अनुरोध गर्नुभयो ।
जिल्लामा फैलिएको कोरोना भाइरसका कारण नागरिकको मृत्यु समेत भएकोमा दुःख व्यक्त गदै संक्रमितको उपचार गर्नका लागि केही कसुर बाँकी नराख्न प्रजिअ खत्रीलाई निर्देशन दिनुभयो । ‘अक्सिजनको अभावमा नागरिकले ज्यान गुमाएका छन् । पर्वतमा कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव नहोस्,’नेता जोशीले भन्नुभयो । उहाँले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन देखी बेडको व्यवस्थापन गर्ने जिम्मा दिए काँग्रेस पुर्ण रूपमा तयार रहेको समेत जानकारी दिनुभयो । काँग्रेस पर्वतले कोरोना संक्रमितको उपचारका लागि भवन दिने निर्णय पहिला नै लिखित रूपमा जानकारी दिएको कुरा अवगत गराउदै नेता जोशीले आइसोेलेसन व्यवस्थापनका लागि सम्पूर्ण जिम्मेवारी आफुले लिने प्रतिवद्धता जायर गर्नुभयो । ‘कोभिडको रोगथाममा काँग्रेस विगत देखी नै सक्रिय छ, अहिले पनि निर्माणधिन विपी स्मृति भवनमा अक्सिजन सहितको वेड निर्माण गर्न तयार छौँ, यसको सम्पूर्ण खर्च काँग्रेसले व्यहोर्न तयार छ ।,’ कोभिडको रोकथाम र नियन्त्रणका लागि पर्वत काँग्रेसले सहयोग गर्न पछि नहट्ने कुरा दोहो¥याउनु भयो ।

नेपाली काँग्रेस स्थानीय तह समन्वय विभागका प्रमुख समेत रहेका जोशीले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिनुभएको छ । नेता जोशीले कोरोना रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताउँदै आफ्नो भूमिका र सक्रियता अझै बढाउन सकेमा छिट्टै नै कोरोना संक्रमणको जोखिम घटाउन सकिने बताउनुभयो । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिलाई जिल्ला प्रवेशमा कडाई गर्नुपर्ने, सम्भावित संक्रमित ठाउँहरुको सघन अनुगमनका आधारमा परीक्षणको दायरा व्यापक बनाउनु पर्ने, नागरिकहरुलाई राहातको व्यवस्था गर्नुपर्ने माग समेत गर्नुभएको थियो ।

उक्त बैठकमा काँग्रेस नेता जोशीले जिल्ला कोभिड संकट व्यवस्थापन समिति पर्वतलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोनाको महामारीका बेला अग्रपंतिmमा रहेर काम गर्ने कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुको प्रयोजनका लागि जोशीले विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो । उहाँले मास्क, फेस सिल्ड, पन्जा लगायतका स्वास्थ्य सामग्री सिसीएमसी पर्वतका र्सयोजक तथा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000