नयाँ बजेट निर्माणको तयारीमा सरकार

काठमाडौं, फागुन २९– सरकार आगामी आर्थिक वर्ष २०७८–७९ मा विनियोजन हुने बजेटको तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा प्रस्तुत हुने बजेटको समय आउन साढे दुई महिना मात्र बाँकी रहेसँगै सरकार नयाँ बजेट निर्माणको तयारीमा जुटेको हो ।

अर्थ मन्त्रालयले आगामी आवको बजेट निर्माणको तयारीलाई तीव्रता दिएको छ । यसका लागि मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विभिन्न विषयवस्तुका सम्बन्धमा राय, सल्लाह र सुझावका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका छाता संस्थामा आबद्ध उद्यमी व्यवसायीलाई इमेल पठाएर नयाँ बजेटमा समेटिनुपर्ने विषयबारे सुझाव माग गरेको हो । अर्थ मन्त्रालयले शुक्रबारसम्म १ हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक घरानालाई सुझावमा लागि इमेलमार्फत पत्र पठाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले आगामी नयाँ बजेटका लागि आवश्यक राय, सल्लाह र सुझाव लिन विभिन्न संघसंस्थामा आबद्ध उद्योगी–व्यवसायीलाई सम्बोधन गरेर इमेलमार्फत पत्र पठाइएको जानकारी दिए । उनले निजी क्षेत्रको सुझावअनुसार नै निजी क्षेत्रमैत्री बजेट ल्याइने तयारी गरिएको बताए ।

अर्थ मन्त्रालयले माग गरेअनुसार आफूहरूले बजेटमा समेट्नुपर्ने विषय समेटेर सुझाव दिने व्यवसायीहरूले बताएका छन् । उद्योगी÷व्यवसायीले पठाएका विभिन्न राय सुझावलाई थप विश्लेषण गरी आगामी बजेटलाई थप प्रभावकारी बनाइने मन्त्रालयको तयारी छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000