संक्रमितको संख्या दैनिक घट्दै गएपछि हेलचेक्र्याइँ बढ्यो

काठमाडौं, फागुन २९–कोरोना भाइरस संक्रमण जोखिम कायम रहे पनि हेलचेक्र्याइँ बढ्दै गएको छ । संक्रमितको संख्या दैनिक घट्दै गए पनि जोखिम भने यथावत् रहेको विज्ञहरूले बताएका छन् . अहिले मानिसहरू दिन प्रतिदिन विभिन्न ठाउँमा भेला हुनेक्रम बढिरहेको छ । यस्तै, विद्यालय, यातायात, फिल्म हलहरू सञ्चालनमा आउन थालेका छन् । दैनिकजसो प्रदर्शन भइरहेको छ । तर, भौतिक दूरी कायम हुन सकेको छैन भने मास्कको पनि समुचित तवरले प्रयोग भइरहेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक संक्रमित दर घट्दै गए पनि जोखिम कायमै रहेको बताए । उनले भने, ‘मास्कको उचित प्रयोग गरौं, हेलचेक्र्याइँ नगरौं । जनस्वास्थ्यका मापदण्डहरू पालना गरांै ।’ उनले खोप लगाउनसमेत प्राथमिकता निर्धारण गरिएका नागरिकलाई अनुरोध गरे । उनले भने, ‘कोरोनाले फेरि भयानक रूप पनि लिन सक्छ । आफ्नो पालोमा खोप लगाएर सुरक्षित हुनुहोस् ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000