प्रजातन्त्रबादी ब्यावसायी एकजुट, पौडेलको नेतृत्वमा अनुभवी व्यवसायीको समुह घोषणा

पर्वत, फागुन २८–निजि क्षेत्रको प्रतिष्ठित संस्था पर्वत उद्योग बाणिज्य संघको चैत ७ गते हुने निर्वाचनका लागि प्रतिष्ठित ब्यापारी शिव शर्मा पौडेल नेतृत्वमा अनुभवी र लामो समय ब्यापार ब्यावसायमा सक्रिय समुहको घोषणा गरिएको छ । गएको दुई कार्यकाल लोकतन्त्रबादी ब्यावसायीमा विवाद ल्याएर नेतृत्व हत्याएको बामपन्थी समुहलाई चुनौती दिदै लोकतन्त्रबादी ब्यावसायीहरु एक हुँदै पौडेलको नेतृत्वमा अनुभवी ब्यावसायीहरुको समुह घोषणा भएको हो । ‘संस्थामा सुशासन ः व्यवसायमा आधुनिकीकरण’ भन्ने नाराका साथ सबैको साझा प्यानलको रुपमा शिव शर्मा पौडेलको नेतृत्वमा निर्वाचनको लागि उम्मेद्वारी घोषणा गरिएको छ । महिला सदस्य पदमा लोकतान्त्रिक, ब्यावसायीक तथा साझा समुहबाट अनिता मल्ल के.सी र पशुपति कार्की शर्मा (पूजा)ले उम्मेदवारी दिने भएका छन् ।
त्यस्तै सदस्य पदमा मानसिंह भण्डारी, दिपेन्द्र गिरी, नवराज भण्डारी, सुवर्ण अर्याल, कृष्णप्रसाद शर्मा, शम्भु जोशी, योगराज गिरी (बद्री), रामु शर्मा, शिव श्रेष्ठ, लक्ष्मण शर्मा, लोकनाथ अधिकारी, राजकुमार बस्नेत, विनोद आचार्य, शिवराज शर्मा, श्रीप्रसाद पौडेल, दिनेश श्रेष्ठ, राजु शर्मा, गणेश पौडेल (टुआरजी), विज्ञान बम मल्ल र मोहन आचार्यले उम्मेदवारी दिने भएका छन् । नेपाली काँग्रेस उद्योग बिभागका केन्द्रीय सदस्य विप्लव हमालले लोकतन्त्रबादी समुहबाट उम्मेदवारी घोषणा गरेका हुन ।
घोषणा सभामा अध्यक्ष पदका उम्मेदवार शिव शर्मा पौडेलले ठुलादेखि साना लगानीका ब्यावसायीको हितमा काम गर्ने महत्वपूर्ण अजेण्डाहरु अगाडी सारेका छन् । पर्वत उद्योग बाणिज्य संघ कार्यालयलाई आधुनिकिकरण गर्नेदेखि ब्यावसायीको कोषलाई पाँच करोड बनाउने, हरेक उपशाखामा २० लाख बराबरको कोष बनाउने, सात वटै पालिकामा उपशाखा गठन गर्ने, उपशाखामै मतदान हुने ब्यवस्था मिलाउनेदेखि बिकेन्द्रीकरण गर्ने योजना पौडेल समुहले ल्याएको छ ।
‘पर्वत उद्योग वाणिज्य संघ केवल उद्यमी व्यवसायीको हकहितमा मात्रै सीमित हुने गरेको छैन । समग्रमा यसले सिंगो पर्वत जिल्लाकै व्यावसायिक उत्थान र विकास निर्माणमा पनि उत्तिकै महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ’ अध्यक्ष पदका उम्मेदवार पौडेलले भने– ‘उद्यम व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत योगदान गरी जिल्लालाई नै सुन्दर भविष्य दिन सक्ने नेतृत्व आजको आवश्यकता हो । त्यो आवश्यकता हाम्रो टिमका उम्मेदवार निर्वाचित हुँदा पूरा हुन्छ ।’ अथाह सम्भावना बोकेको पर्वत जिल्लाको जीवनस्तर उकास्न, सबैभन्दा पहिला यहाँको व्यावसायिक स्तर उकासिनुपर्ने, यहाँका पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन हुनुपर्ने, कृषि उपजको उत्पादन आधुनिक र यान्त्रीकरण विधिबाट हुनुपर्ने, उत्पादनको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण हुनुपर्ने र ती कामका लागि अगुवाइ गर्ने, पहल कदमी लिने जिम्मेवारी पर्वत उद्योग वाणिज्य संघ र त्यसको नेतृत्वले आफूहरुले गर्न सक्ने पौडेलको भनाई छ ।
ती लक्ष्य र उद्देश्य पूरा गर्न उद्यम व्यवसायमैत्री वातावरण हुनुपर्ने र त्यसका लागि पनि झक्झक्याउने र व्यवसायमैत्री वातावरण निर्माण गर्न आफूहरुको यथेष्ट पहल रहने उनले बताए । पर्वतका सातवटै स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको विकास गरी प्रबद्र्धनका लागि विभिन्न निकायसँग पहल र समन्वय गर्ने, प्यान, भ्याट, टयाक्स लगायतबारे सम्बन्धित ठाउँमै पुगेर तालिमहरु सञ्चालन गर्ने, बजार तथा पर्यटकीय क्षेत्रमा आवश्यक सरसफाइ तथा बजारभित्र विकास निर्माणका कार्यहरुमा ठेकेदारले ढिलाई गरेकोमा छिटो छरितो रुपले सम्पन्न पार्नका लागि स्थानीय निकायसँग विशेष पहल गर्ने, खेल मैदानको व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक सहकार्य र पहल गर्ने, आधुनिक प्रविधिमा आधारित व्यवस्थित बसपार्क निर्माणमा समन्वय गर्ने भनिएको छ ।
यस्तै, कल्लेरी–बलेवा मोटरेबल पुल निर्माण गर्न पहल गर्ने, लप्सी, सुन्तला, कफी, अदुवा लगायत पर्वतका लोकप्रिय वस्तुको प्रशोधन गरी फरक फरक परिकार बनाउन उद्योग स्थापना गर्ने र उद्योगबाट उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने, महामारीको कारणवश यदि महिनौसम्म उद्योग व्यापार, व्यवसाय चल्न नसक्ने स्थिती सिर्जना भएमा घरधनीहरुसँग समन्वय गरी घर भाडामा सहुलियत प्रदान गर्न थप पहल गरिने, पर्वत उद्योग वाणिज्य संघका अधिकारहरुलाई विकेन्द्रिकरण गरेर उपशाखालाई थप शक्तिशालि बनाइने, आगामी अधिबेसनबाट नेतृत्व चयनका लागि प्रत्येक उपशाखामा नै मतदान गर्ने व्यवस्था गरिने, कुश्मा बजारका अनि व्यस्त ठाउँहरुमा व्यवस्थित शौचालयको स्थापनाका लागि स्थानिय निकायसँग पहल गरिने प्रतिबद्धता पनि पौडेल समुहले गरेको छ ।
काँग्रेस केन्द्रीय सदस्य एवम् स्थानीय तह समन्व बिभागका केन्द्रीय संयोजक अर्जुनप्रसाद जोशीले सत्तामा काँग्रेस जाँदा नेप्से बढ्ने र कम्युनिष्ट जाँदा घट्ने उदाहरण प्रस्तुत गर्दै बास्तबिक उद्योगी ब्यापारीको हकहितका लागि लोकतन्त्रवादी ब्यावसायीले जित्नुपर्नेमा जोड दिए । लोकतन्त्रबादीहरुले नतिजेसम्म खुल्ला बजार नहुने र खुल्ला बजार नभएसम्म उद्योग, व्यापार र व्यवसायको प्रबद्र्धन हुन नसक्ने जोशीले बताए । पर्वत उद्योग वाणिज्य संघ सहित देशैभरीको अवस्था हेर्दा उद्योग तथा वाणिज्यको क्षेत्र राज्य नियन्त्रित हुँदा व्यपारीहरुले खुलेर व्यापार गर्न नपाएको उनको भनाई छ । सो अवसरमा काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्री, प्रदेशसभा सदस्य ललितकला गुरुङ, कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीलगायतले बोलेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000