कसरी ब्यूँतिएला अर्कैको नाममा दर्ता भइसकेका नेकपा एमाले र माओवादी केन्द्र ?

काठमाडौं, फागुन २४–सर्वोच्च अदालतले सत्तारूढ नेकपाको एकीकरण खारेज गर्दै पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र ब्यूँताउने आदेश दिएसँगै दुवै दल अस्तित्वमा आएका छन् । तर, निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र नामका दुई पार्टी अर्कैको नाममा दर्ता भइसकेका छन् । तर, सर्वोच्चको सो फैसलासँगै अर्कै व्यक्तिको नाममा दर्ता भएको भनिएको एमाले र माओवादी केन्द्र उनीहरूले नपाउने भएका छन् ।

दुई पार्टी एमाले र माओवादी केन्द्र खारेज गरेको घोषणा गर्दै पार्टी एकीकरण गर्दै नेकपा दल गठन गरेका थिए । खाली रहेको सो पार्टीको नाममा निर्वाचन आयोगमा सन्ध्या तिवारीले आफ्नो नाममा नेकपा (एमाले) दर्ता गरेकी थिइन् भने माओवादी केन्द्रको नाममा गोपाल किराँतीले दल दर्ता गरेका थिए । अहिले सो पार्टी अस्तित्वमा रहेका छन् ।

निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सूचीमा १२५ औं स्थानमा माओवादी केन्द्र र १३२ औं स्थानमा एमाले दर्ता छन् । तर, उनीहरूको नाममा रहेको दर्ता भने स्वतः खारेज भई केपी शर्मा ओलीको अध्यक्षता रहेको एमाले र पुष्पकमल दाहालको अध्यक्षतामा रहेको माओवादी केन्द्रले नै स्वतः मान्यता पाउने निर्वाचन आयोगले जनाएको छ ।

संविधानविद् डा. भीमार्जुन आचार्यले सर्वोच्च अदालतको आइतबारको फैसलाले २ जेठ २०७५ कै अवस्थामा पु¥याएकाले केपी शर्मा ओलीको नाममा दर्ता भएको नेकपा (एमाले) र पुष्पकमल दाहाल प्रचण्डको नाममा दर्ता भएको नेकपा (माओवादी केन्द्र)ले नै निर्वाचन आयोगमार्फत मान्यता पाउने बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000