पार्टी विभाजनले नेकपा नेता कार्यकर्ता हतोत्साही, जिल्ला सदस्य र उम्मेदवारसहित आधादर्जन काँग्रेसमा प्रवेश


पर्वत, पुस ९–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसंगै नेता कार्यकर्ता हतोत्साही देखिएका छन् । लामो समयदेखि पार्टीमा काम गरेका नेता कार्यकर्ताहरुमध्ये केही स्वतन्त्र बस्ने घोषणा गरेका छन् भने केही नेता कार्यकर्ताले नेकपा छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपा विभाजन भएकै दिन मंगलबार नेकपा पर्वतका जिल्ला सदस्य पद्मकुमारी मल्ल (सुगा) नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् । जलजला–४ मा तत्कालिन नेकपा माओबादी केन्द्रबाट वडा सदस्यको उम्मेदवारसमेत रहेकी मल्ल जलजलामा नेकपाको प्रभावशाली नेता मानिन्थिइन । नेकपामा ठुलो आशा र भरोसा भएपनि अहिले आएर आफ्नो स्वार्थका निम्ति देश र जनतालाई बलिदिनसमेत नेकपा तयार हुदोरहेछ भन्ने पुष्टि भएको भन्दै उनले आफु नेपाली काँग्रेसमा प्रवेश गरेको बताइन । उनीसहित नेपाली काँग्रेसमा मंगलबार मल्लाजमा आधा दर्जन नेता कार्यकर्ताले नेकपा छाडेर नेपाली काँग्रेसमा प्रवेश गरे । उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह समन्वय विभागका केन्द्रीय प्रमुख अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य डा.चुडामणी शर्मा, जलजलाका सभापति चन्द्रबहादुर जिसी, जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनलगायतले अबिर र माला लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका थिए । सो अवसरमा काँग्रेस नेता जोशीले कम्युनिष्टहरु गफ मात्रै गर्छन, जनतालाई ढाट्छन भन्ने कुरा अहिले पुष्टि भएको बताए । उनले यो देशको आशा र भरोसाका साथै मुलुकको विकास र समृद्धि दिने पार्टी नेपाली काँग्रेस नै भएको दाबी गरे । नेपाली काँग्रेस पर्वतका कोषाध्यक्षसमेत रहेका जलजला गाउँपालिका अध्यक्ष मल्लले नेपाली काँग्रेसले इतिहासदेखि अहिलेसम्म जनता र मुलुकको लागि गरेको कामले नै अहिले नेपाली काँग्रेसमा प्रवेशको लहर आएको बताए । मल्लकै पहलमा जलजलामा नेकपाका निर्वाचित वडा सदस्यसहित झण्डै पाँच सयबढी नेपाली काँग्रेसमा प्रवेश गरिसकेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

रेल रोकिएको रोकियै

अर्काको भलो गर्दा यसरी फसाउन खोजियो मल्ललाई

एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारी

इटहरीका मेयर चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुने

एमसीसीमा सभामुख नै अनिच्छुक, संसद्मा अघि नबढाउने संकेत




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000