पर्वतको फलेवासमा १० शैयाको अस्पताल नगरप्रमुख शर्माद्धारा शिलन्यास

 

पर्वत, मंसिर १५/ पर्वतको फलेवास नगरपालिकामा १० शैयाको आधारभुत अस्पताल शिलन्यास गरिएको छ ।सरकारको एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत फलेवासमा दश शैयाको अस्पताल शिलन्यास गरिएको हो । फलेवास नगरपालिका वडा नं. ६ देविस्था स्थित साविकको स्वास्थ्य चौकी नजिकै नगर प्रमुख पदमपाणी शर्माले शिलन्यास गर्नुभएको हो ।

अस्पतालको शिलन्यास गर्दै नगरप्रमुख पदमपाणी शर्माले नागरिहरुलाई आधारभूति स्वास्थ्य सेवाको पुहँच पुर्‍याउने उद्धेश्यले
सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गरिन लागेको उनले बताए । सरकारले अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागेको बताउँदै अब कोहि पनि नागरिक आधारभूति स्वास्थ्य सेवावाट बञ्चित हुनु नपर्ने बताउनुभयो । कोभिडको सन्त्रास फैलिएका बेला राज्यले स्वास्थ्यको क्षेत्रमा क्रान्ति गरेको बताउँदै अब बन्ने यस्ता अस्पतालहरुवाट नगारिकहरुले सर्वसुलभ रुपमा सेवा पाउने बताउनुभयो ।
उहाँले शिलन्यास पनि समयमै अस्पताल सम्पन्न गर्नका लागि नगरपालिकाले निरन्तर सहजीकरण गर्ने बताउनुभयो । अहिलेसम्म स्वास्थ्य चौकीको भरमा उपचार सेवा लिएका फलेवासका नागरिकल यो अस्पताल बनेपछि साना तिना समस्या लिएर पोखरा काठमाण्डौ जानु नपर्ने बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारी, प्रमुख प्रशासकिय अधिृकत मुक्तिराज रिजाल, नगरपालिकाका प्रवक्ता टिकाराम गौडेल, वडा नं. ६ का अध्यक्ष भोलानाथ भुसाल लगायतले बोल्नुभएको थियो ।
दश शैयाको उक्त अस्पताल १० करोड ८३ लाखको लागतमा बन्ने भएको हो । अस्पताल आगामी दुई वर्ष भित्र निर्माण सम्पन्न हुने बताईएको छ । यो सँगै पर्वतको महाशीलामा १५ र मोदी गाउँपालिकामा १० शैयाको अस्पताल पनि आजै शिलन्यास गरिएको छ ll

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000