अक्सफोर्ड विश्वविद्यालय र एन्ट्राजेनेकाको खोप नेपाल ल्याउन भारतीय कम्पनीसँग छलफल गर्दै सरकार

काठमाडौं, मंसिर १०–नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख अधिकृत आदर पुनावालसँग छलफल गर्ने तयारी गरेको छ । पुनावालाले केही दिनअघि एउटा टेलिभिजन अन्तरवार्तामा कोभिड खोपका लागि नेपाल र बंगलादेशलाई समेत उच्च प्राथमिकतामा राखेको बताएपछि यताबाट सम्पर्क सुरु गरिएको थियो ।

खोप बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी एसआईआईले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा मान्यता प्राप्त सस्तो खोप १ सय ७० मुलुकमा आपूर्ति गर्छ ।

स्वास्थ्य मन्त्रालयले खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खाप शाखाका प्रमुख डा. झलक शर्मा गौतमलाई भर्चुअल बैठक राखेर पुनावालासँग खोपको विषयमा छलफल गर्न निर्देशन दिएको छ । एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र एन्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गर्ने सम्झौता गरेको छ ।

उक्त खोपलाई एसआईआईले कोभिसिल्ड नामले निर्माण गरिरहेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको निगरानीमा यसको परीक्षण चलिरहेको छ । सफल परीक्षण हुनासाथ नेपाल ल्याउन सहज हुने सरकारको बुझाइ छ । स्रोतका अनुसार सीईओ पुनावालासँग केही दिनमै कुरा हुनेछ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000