अबैध क्रसरलाई प्रहरी प्रशासनकै संरक्षण, गाउँपालिकाको निर्णय लत्याउदै बागेश्वरी ब्लक उद्योग

पर्वत, मंसिर ६–जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा अबैध रुपमा सञ्चालनमा रहेको क्रसर उद्योगमा जलजला गाउँपालिकाले सुचना टाँस गरी असोज ४ मा बन्द गराएको घोषणा ग¥यो । तर उक्त उद्योग अहिले पनि नियमित सञ्चालनमा छ । बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगको नाममा सञ्चालनमा रहेको क्रसर उद्योगलाई जलजला गाउँपालिकाको कार्यपालिका बैठकले बन्द गराउने निर्णय गरी सुचना टाँस गरेर प्रहरी प्रशासनकै रोहबरमा बन्द गराएको घोषणा गरेको थियो । तर, विभिन्न राजनीतिक दबाबमा पर्वत प्रहरी प्रशासनले उक्त उद्योगलाई नियमित रुपमा सञ्चालन गर्न दिएको पाइएको छ । जलजला गाउँपालिकाको कार्यपालिकाको बैठकले निर्णय गरी बन्द गराउनका लागि प्रहरी प्रशासनमा निर्णयसहित पठाएपनि प्रहरी प्रशासनको असहयोगले अबैध क्रसर उद्योग सञ्चालनमा रहेको जलजला गाउँपालिकाले जनाएको छ । जलजला–७ का बागविर घर्ती क्षेत्री र शिवबहादुर घर्ती क्षेत्रीले बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगको नाममा उक्त क्रसर चलाउदै आएका छन् ।
अबैध रुपमा ब्लक उद्योगको नाममा क्रसर चलाएको र उक्त क्रसरले मापदण्ड बिपरित कालीगण्डकी नदी दोहन गर्दै आएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न सरोकारवाला निकायमा उजुरी गर्दै आएका थिए । अख्तियारले जलजला गाउँपालिकामा यथार्थ बुझेर खुलाई पठाइदिन अनुरोध गरेपछि गाउँपालिकाले स्थलगत रुपमा अनुगमन गर्नका लागि अनुगमन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनका आधारमा गाउँकार्यपालिकाको बैठकले त्यस ब्यावसायलाई कानुनी प्रक्रिया पु¥याई सञ्चालन गर्न गाउँपालिकाले पटक–पटक ताकेता गर्दा पनि कुनै कागजात पेश नगरेको र क्रसर उद्योग सञ्चालन सम्बन्धी प्रचलित कानुनी ब्यवस्था र गाउँपालिकाले दिएको निर्देशनको बारम्बार अवज्ञा गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले यसअघि ०७६ बैशाख ९ मा उद्योग बन्द गर्न निर्देशन दिएको थियो । तर पालिकाको सम्पूर्ण निर्देशन अटेर गरेपनि गाउँपालिकाले ब्यापारिक फर्मको दर्ता, अनुमति, नविकरण, खारेजी, अनुगमन र नियमन कार्यविधि २०७५ को दफा १० को उपदफा ४ बमोजिम आठौ गाउँसभाले बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगलाई खारेज गर्ने र गाउँपालिकाबाट उपलब्ध हुने सेवा सुविधा बन्द गर्ने निर्णय गरेको थियो । त्यतिगर्दा पनि क्रसर सञ्चालनमा रहेपनि स्थानीय प्रशासनसहित गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को ञ (६) को अधिकार प्रयोग गरी असोज ४ मा उद्योगमै पुगेर बन्द गराएको थियो । तर अहिले बन्द गराएको भनिएको उद्योग नियमित रुपमा सञ्चालन हुँदै आएको छ ।
प्रहरी प्रशासनलाई पटक–पटक ताकेता गर्दा पनि गाउँपालिकाको निर्णय कार्यान्वयनका लागि स्थानीय प्रहरी प्रशासनले नै असहयोग गरेको जलजला गाउँपालिकाले जनाएको छ । ‘स्थानीय सरकारको निर्णय कार्यान्वयन गराउनका लागि सहयोग नगर्ने हो भने पर्वतमा प्रहरी प्रशासन किन चाहियो ?’ जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले भने । उनले देशभर अहिले पुरानो मापदण्डमा झण्डै आठ सय बढी क्रसर उद्योग सञ्चालनमा रहेपनि ब्लक उद्योगको नाममा क्रसर चलाउने उद्योगलाई बन्द गराउदै आएको बताए । ‘गैरकानुनी रुपमा भएका गतिविधि रोक्न पर्वत प्रहरी प्रशासनले गाउँपालिकालाई गरेको असहयोग आश्चर्यजनक छ’ अध्यक्ष मल्लले भने ।
जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले क्रसर उद्योग चलाउने भएमा सबै प्रक्रिया पु¥याउनका लागि लामो समय गाउँपालिकाले समय दिएपनि गाउँपालिकामा एउटा कागजात पनि पेश नगर्ने र अटेर गरेपछि बाध्य भएर अनुगमन समितिको प्रतिवेदनका आधारमा गाउँसभाको निर्णयको आधारमा बागेश्वरी ब्लक उद्योगले चलाएको क्रसर उद्योग सुचना टाँस गरेर बन्द गराएको जानकारी दिए । ‘स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले गरेको निर्णय कार्यान्वयन गर्न प्रहरी प्रशासनको पनि उत्तिकै जिम्मेबारी र दायित्व हो’ उनले भने–‘पर्वत प्रहरी प्रशासनले किन त्यस्तो गरिरहेको छ ?’

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000