जलजलाको जनमुखी योजना, अव हरेक वडामा एम्बुलेन्स

पर्वत, कार्तिक २५–जलजला गाउँपालिकाले एकपछि अर्को जनमुखी कार्यक्रम चलाउदै आएको छ । दुईतिहाइ नजिकको कम्युनिष्ट नेतृत्वको सरकारले समेत कोरोना महामारीमा नागरिकको उपचार निशुल्क नगर्ने घोषणा गरिरहेको सन्दर्भमा पर्वतको जलजला गाउँपालिकाले एक घर एक पिसिआरका साथै कोरोना संक्रमित भएमा आर्थिक प्याकेजको घोषणा गरेको छ । जलजलाका आम नागरिकको स्वास्थ्यप्रति सचेत, सजग र जिम्मेबारीपूर्ण भुमिका निर्वाह गर्दै आएको गाउँपालिकाले हाल कोभिड–१९को महामारीबाट नागरिकलाई सुरक्षित राख्न ‘एक घर एक पिसिआर’ अभियान सञ्चालन गरेको छ । कोरोना महामारी देशभर फैलदै गएपछि जलजला गाउँपालिकाले अब सबै नागरिकको स्वास्थ्य समस्या र त्यसको जोखिमलाई मध्यनजर गर्दै प्रत्येक वडामा एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाको एउटा मात्रै एम्वुलेन्सले सबै वडाका नागरिकहरूलाई सेवा दिन असम्भव भएको भन्दै गाउँपालिकाका सबै वडाहरूमा एम्वुलेन्स सेवा विस्तार गर्ने अभियान थालिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए । ‘सबैभन्दा ठुलो कुरा आम नागरिकको स्वास्थ्य हो, त्यसैले जलजला गाउँपालिकाले अव एक वडा एक एम्बुलेन्स अभियान चलाउनेछ’ अध्यक्ष मल्लले भने । यो अभियान अन्तर्गत सोमवार रोटरी क्लब अफ पोखरासँग थप एक एम्वुलेन्सका लागि सम्झौता भएको छ भने विभिन्न दातृ निकाय र भारतीय राजदुतावासको सहयोग र सहकार्यमा यो अभियान सफल बनाउने लक्ष्य लिइएको मल्लले जानकारी दिए ।

उनले प्रत्येक नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टीका लागि यसअघि पनि गाउँपालिकाले निःशुल्क सेवा प्रदान गर्दै आएको थियो । गाउँपालिकाका नागरिकको मात्रै नभएर छिमेकी कुश्मा नगरपालिका र मोदी गाउँपालिकालाई समेत जलजला गाउँपालिकाले निःशुल्क एम्वुलेन्स सेवा दिँदै आएको अध्यक्ष मल्लले दाबी गरे । ‘कोभिड–१९ को महामारी र अन्य स्वास्थ्य जटिलतामा हामीले जलजलाको मात्रै समस्यालाई हेरेका छैनौ कुश्मा, मोदी र जिल्लाका अन्य स्थानीय तहमा समेत सहयोग गरेका छौं’ अध्यक्ष मल्लले भने ।
कोरोना महामारीको शुरूवात देखिनै निकै सक्रियताका साथ लागेका अध्यक्ष मल्लले व्यक्तिगत रूपमै लाखौंको स्वास्थ्य सामग्री खरिद गरि जिल्लाका सातै स्थानीय तहमा निशुल्क वितरण गरेका थिए । जिल्लाका अन्य स्थानीय तहको तुलनामा आफ्नै नगर प्रहरी भर्ना देखि एक घर एक पिसिआर कार्यक्रम लगायत अन्य नयाँ र जनप्रिय कामहरू गरेर चर्चामा आएका अध्यक्ष मल्ल र जलजला गाउँपालिकाको यो एक वडा एक एम्वुलेन्स अभियानले गाउँपालिकाबासीमा नयाँ खुसी थप्ने अपेक्षा गरिएको गाउँपालिकाका राजनीतिक सल्लाहकार एवं काँग्रेसका युवा नेता यम शर्मा पौडेलले वताए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000