लामा कन्ट्रक्सनको बदमासी, सडक निर्माण छाडेर क्रसरको ब्यापार गर्दै, सरकारी मौनता

पर्वत, भदौ २८–समयावधि अघि नै काम सक्ने दाबी गरेको लामा कन्ट्रक्सनले मध्यपहाडी लोकमार्ग अन्र्तगतको पर्वत खण्डको काम गर्न छाडेको छ । पर्वत र कास्कीको सिमा नयाँपुलदेखि मालढुंगासम्मको २३ किलोमिटर सडक निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनले विभिन्न बहाना देखाएर काम गर्नै छाडेको हो । निर्माणको काम सम्पन्न हुने बेलासम्म ५० प्रतिशत पनि काम नगरेको कन्ट्रक्सनले सडकको काम छाडेर अहिले दोबिल्लामा राखिएको क्रसर चलाएर त्यसको ब्यापार गर्न तल्लिन देखिएको छ । निर्माण कम्पनीले यो सडक दुई बर्षअघिदेखि उधारेको थियो ।
पहिला कालोपत्रे भएको सडकलाई पनि डोजर लगाएर भताभुंग पारेको निर्माण कम्पनीले जतासुकै खाल्डैखाल्डा बनाएर अहिले काम गर्नै छाडेको छ । लामा कन्ट्रक्सनले सडकको काम छाडेपनि कुश्मा–८ दोबिल्लामा सडकको नाममा स्थापना गरेको क्रसर भने नियमित रुपमा चलाइरहेको छ । सडककै लागि मात्रै भनेर स्थापना गरेको क्रसरबाट विगत डेढ बर्षदेखि नियमित रुपमा अन्य आयोजनादेखि ब्यक्तिका संरचना बनाउनका लागि क्रसरबाट उत्पादन भएको बालुवा, गिट्टी, रोडा बिक्री बितरण गर्दै आएको छ । ठुला आयोजनाले आफ्नो आयोजनालाई मात्रै लक्षित गरेर क्रसर उद्योग स्थापना गर्न पाउने भएपनि उनीहरुले बाहिर मालसामान बिक्री बितरण गर्न पाउदैनन् । लामा कन्ट्रक्सनले भने डेढ बर्षदेखि क्रसर चलाएर बालुवा, गिट्टी बिक्री गर्दै आएको छ ।
कम्पनीले कुश्मा–१ मालढुंगादेखि कुश्मा–२ अर्मादीसम्मको सडक कालोपत्रे पनि गरेको थियो तर त्यो कालोपत्रे छ महिना नपुग्दै खाल्डाखुल्डी भएर अहिले हेर्नै नहुने अवस्थामा पुगिसकेको छ । अर्मादीदेखि कुश्माको मुख्यबजारहुँदै कास्की नयाँपुलसम्मको सडक झनै सवार गर्नैनसकिने अवस्थामा पुगेको छ । लामा कन्ट्रक्सनले भिर काटेर त्यसै छाडेपछि अहिले ठुलठुला खाडल ठाउँठाउँमा बनेका छन् । यो सडक पर्वतसहित बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लालाई राष्ट्रिय सडकसँग जोड्ने मुख्य सडक हो । साविक धौलागिरी अञ्चलकै मुख्य सडकलाई यति लामो समयसम्म पनि बिजोग अवस्थामा राखेर साविक धौलागिरीबासीमाथि लामा कन्ट्रक्सनले बदमासी गरेको छ । त्यसो त यो सडककै निम्ति मध्यपहाली लोकमार्ग आयोजना कार्यालय समेत कुश्मामै स्थापना गरिएको छ । कार्यालयले समेत सडकको काम नभएर सडकको हालत बिजोग हुँदा समेत चुइक्क बोलेको छैन ।
कार्यालय प्रमुख आशिष थापा मगरले सडकको अवस्था बिजोग भएको स्वीकार गर्दै छिट्टै काम सुरु गर्ने दाबी गरे । मगरले समेत पटक–पटक जिम्मेवारीबाट उम्कन खोज्ने गरेका छन् । पर्वतमा अन्य ठुला आयोजना लकडाउनको बिचमा निर्माणकार्य जारी रहेपनि सबैभन्दा मुख्य सडक बिगारेर निर्माण कम्पनीका प्रतिनिधि गोबिन्द भुसाल सम्पर्कमा नआउदा पनि सम्बन्धित निकाय मौन देखिएको छ । कम्पनीले सडक निर्माण छाडेर क्रसरको सामान अन्यत्र बिक्री गर्दा पनि कारबाही गर्ने निकाय मुकदर्शक बस्नुले विभिन्न आशंका जन्माएको छ । भुसाल सम्पर्कमा नआएपनि उनले केही ब्यक्तिलाई शेयर राख्न लगाएर धमाधम क्रसरको ब्यापारमा तल्लिन भएर लागेका छन् ।
सडक निर्माण कार्य वीच मै अलपत्र पारेपछि सडकमा परेका खाल्डाखुल्डीका कारण यात्रा निकै कष्टकर हुने गरेको छ । सडकको वीच भागमा हजारौ खाल्डाहरु परेका छन् । सडकको वीच भागमै पानी जम्मा भएको छ । सडक खण्डका तीन वटा मोटरेपुलहरुमा पानी जम्मा हुने र भत्किने अवस्थामा पुगेका छन् । यस्तो चरम बदमासी गरेर काम छोेडेको निर्माण कम्पनीलाई सम्पर्क गरी काम शुरुवात गराउनुपर्नेमा स्थानीय प्रशासन निकम्मा भएको आरोप लाग्ने गरेको छ ।
केहीदिनअघि जिल्ला प्रशासनमा नागरिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले मध्यपहाडी लोकमार्गको पर्वत खण्डको दुरदर्शाको बारेमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका छन् । उनीहरुले यतिलामो समयसम्म पनि मुख्य नाकाको सडक बिजोग हुँदा पनि प्रशासन र राजनीतिक क्षेत्रबाट पहल नभएको भन्दै तत्काल अहिले भएको सडकको खाल्डाखुल्डी पुर्न र सडकको काम तत्काल सुरु गर्न माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले निर्माण कम्पनीले १०÷१२ दिनभित्र काम सुरु गर्ने भनेको तीन दिन भएको जानकारी दिए । सडकको अवस्थाको बारेमा धेरै गुनासा आएपछि ठेकेदारको खोजी गर्दा कामदारको समस्या देखाउने गरेको र उसले उक्त समयावधिभित्रै काम सुरु गर्ने प्रतिबद्धता जनाएको रेग्मीले बताए । उनले सडकले सञ्चालनमा ल्याएको क्रसर उद्योगमा यसअघि नै अन्यत्र सामान बिक्री गरेको भन्ने सुनेपछि आफुहरु त्यहाँ पुगेर छानबिनको काम थालेको प्रजिअ रेग्मीले दाबी गरेका छन् । आजको शुभ सन्देश साप्ताहिकमा खबर छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000