पर्वतको फलेवास नगरपालिका यसरी बन्याे मुलुककै उत्कृष्ट

पर्वत- पर्वतको फलेवास नगरपालिका मुलुककै उत्कृष्ट बनेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा राजश्व लगानी तथा बित्तिय व्यवस्थापनका क्षेत्रमा देशभरैके उत्कृष्ट नतिजा हासिल गर्न सफल हुँदै पुरस्कृत भएको छ । देशभरका नगरपालिकाबाट गत आर्थिक बर्ष २०७६/७७ मा राजश्व लगानी तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा सम्पादित कामको नेपाल नगरपालिका संघबाट पूर्व निर्धारित सूचकहरुका आधारमा विशेषज्ञहरुको टोलीबाट मूल्यांकन गर्दा यस नगरपालिका देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्ठ नगरपालिकाको रुपमा पुरस्कृत भएको हो । नगरपालिकाबाट सम्पादित कामको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघको २८ औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा यस नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा सम्मानित हुनुभएको छ ।
फलेवास नगरपालिकाको कार्यालयले उपलब्धी हासिल गर्न सहयोग पुर्‍याउनुहुने सम्पूणर् फलेवास नगरबासी, सभा सदस्यहरु, नगर कार्यपालिकाका सदस्यहरु र फलेवास नगरकार्यपालिकाको कार्यालयका कर्मचारीहरुमा नगरपालिका हार्दिक आभार व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

ललिता निवास जग्गा हिनामिना प्रकरण : सुवेदी दम्पतीको बयानबाट नयाँ तथ्य खुल्दै

प्रधानमन्त्री देउवाले भारतीय मोदीसँग उठाउलान् यी मुद्दा ?

नेपालमा बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000