कालिगण्डकीले बगायाे प्रसिद्ध राममन्दिर, गाउँपालिका अध्यक्ष मल्लद्वारा राहत बितरण

पर्वत/कालीगण्डकी नदीमा आएको भीषण बाढीले कालीगण्डकी र रघुगंगा नदीको दोभानमा रहेको प्रसिद्ध राममन्दिरमा पु¥याएको क्षतिप्रति जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दु:ख व्यक्त गर्नुभएको छ । बाढी र कटानले क्षतिग्रस्त मन्दिर क्षेत्रको मंगलबार अवलोकन गर्दै अध्यक्ष मल्लले गाउँपालिकाको तर्फबाट साधु सन्तहरुलाई राहत समेत वितरण गर्नुभएको थियो । उहाँले नदीको बहाब घटेपछि संरक्षणका कामहरु गरिने आश्वासन समेत दिनुभएको थियो । मन्दिर क्षेत्रलाई संरक्षण गर्नका लागि दीर्घकालिन गुरुयोजना बनाएर अघिबढ्ने आश्वासन पनि अध्यक्ष मल्लले दिनुभएको छ । ‘संघीय र प्रदेश सरकार संग पनि सहयोग जुटाएर संरक्षण गर्ने योजना बनाएका छौ।’ उहाँले भन्नुभयो ।

बाढीले कटान गरेर मन्दिरको गौशाला,धर्मशाला र शालीग्राम शिलाको स्तम्भ समेत बगाएको वडा नं २ का वडाअध्यक्ष गोबिन्द खत्रीले जानकारी दिनुभयो । अहिले पनि कटान निरन्तर छ । मन्दिर, पुजारी निवास र गलेश्वरदेखि राममन्दिर जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । राष्ट्रिय परोपकार महासंघद्धारा संरक्षित राममन्दिर क्षेत्रमा करोडौ सहयोग जुटाएर निर्माण गरिएका भौतिक संरचना बाढीले क्षति पु¥याएको उहाँले बताउनुभयो ।गौशाला र धर्मशाला भत्किएपछि साधु सन्तलाई म्याग्दी तर्फ रहेको गलेश्वर आश्रममा लगिएको छ ।

राममन्दिरमा नियमित रुपमा ८ जना साधु सन्त बस्दै आएका थिए भने आगन्तुकको रुपमा मुक्तिनाथ आवतजावत गर्ने साधु सन्त पनि बसोबास गर्दै आएका छन । साधुसन्त र गाईलाई गलेश्वर आश्रममा सारिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । ‘तत्कालका लागि गलेश्वर आश्रममा राखिएको छ ।’ पालिकाको तर्फबाट केही राहत पनि दिने काम गरेका छौ ।’ उहाँले भन्नुभयो 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000