खत्रीको निधनले पार्टीको अभियानलाई अपुरणिय क्षती :नेता जाेशी

पर्वत/नेपाली काँग्रेस तिलाहारका पूर्व सभापति सुवेदार खड्क बहादुर खत्रीको १३ औं दिनको पूण्यतिथिको सन्दर्भमा नेपाली कांग्रेस तिलाहारले सोमवार उहाँकै निवासमा पुगेर शोकसभाको आयोजना गरेको छ । शोकसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले स्वर्गीय खत्री पार्टीको वफादार र जिम्मेवार सिपाही भएको उल्लेख गर्दै उहाँको निधनले पार्टीको अभियान र आन्दोलनलाई अपुरणीय क्षति पुगेको वताउनु भएको थियो ।

केन्द्रीय सदस्य जोशीले स्वर्गीय खत्रीले सामाजिक र राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको नेपाली कांग्रेसले सँधै स्मरण गर्ने वताउँदै खत्रीको निष्ठा र त्यागलाई आदर्श मानेर मोदी गाउँपालिकाको नेपाली कांग्रेस संगठनलाई अझै सशक्त ढंगले अघि बढाउन स्थानीय तहका सबै कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको थियो । काँग्रेस नेता जोशीले पूर्व सांसदका हैसियतले आफूले तिलाहार र थामार्जुङको धेरै विकासका आयोजनाहरू सुवेदार खत्रीकै नेतृत्वमा अघि बढाएको स्मरण गर्दै राजनीति र समाजसेवामा स्वर्गीय खत्री काँग्रेसका आम कार्यकर्ताका लागि एउटा असल उदाहरण भएको दावी गर्नुभएको थियो ।

शोकसभामा नेपाली कांग्रेस पर्वतका पूर्व सभापति नवराज गुरुङले खड्कबहादुर खत्रीजस्ता निस्वार्थ व्यक्तिहरूको कारण गाउँ गाउँमा काँग्रेसको संगठन आजपनि जीवित रहेको वताउँदै उहाँको इमानदारितालाई आत्मसात गर्न सबै कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।

शोकसभामा नेपाली कांग्रेस युवा नेता एवं नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले खड्कबहादुर खत्रीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदानलाई पार्टीले सदा स्मरण गर्ने वताउँदै उहाँको संगठनप्रतिको निष्ठा र त्यागलाई आदर्श मानेर संगठन निर्माणमा लाग्न सबै तिलाहारबासीमा आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सचिव अशोक उच्चै ठकुरी, नेपाली काँग्रेसका महासमिति सदस्य बसन्तबहादुर सिके, नेपाली काँग्रेसका महासमिति सदस्य मिना केसी, नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य डा. चुडामणि शर्मा, नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य शिवप्रसाद सुवेदी, नेपाली कांग्रेस तिलाहारका पूर्व सभापति ओमबहादुर घर्ती क्षेत्री, नेपाली काँग्रेसका स्थानीय नेता दिपेन्द्रजंग लामिछाने लगायतले बोल्नुभएको थियो ।

नेपाली काँग्रेस तिलाहारका सभापति गजेन्द्रबहादुर मल्लको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन सचिव निर्देश लामिछानेले गर्नुभएको थियो । खत्रीको ७२ बर्षको उमेरमा यही असार १७ गते निधन भएको थियो । स्वर्गीय खत्रीका एक श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ l

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000