महाशिला गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेट, विदेशबाट गाउँ फर्केकाहरुलाई गाउँमै रोजगार बनाउने

पर्वत/जिल्लामा फरक र नयाँ कामहरुको माध्यमबाट आफ्नो बेग्लै पहिचान बनाएको महाशिला गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा विदेशबाट घर फर्केकाहरुलाई लक्षित गरी कार्यक्रम बनाएको छ । गाउँपाकिलाका अध्यक्ष राजप्रसाद पौडेलद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी बर्षका लागि कोभिड रोगका कारण विदेशबाट गाउँ फर्केकाहरुलाई गाउँमै रोजगार बनाउने अभियान सञ्चालन गर्न भएको हो ।

 अभियानलाई गाउँ गाउँमा उद्यम घर घरमा रोजगारी, अव त गाउँ फर्क प्यारा प्यारी नारा दिइएको छ । उक्त नाराका आधारमा स्वरोजगार बन्न चाहनेहरुलाई गाउँपालिकाले विशेष सहयोग गर्नेछ । उनीहरुलाई ब्यवसाय र उद्यममा लगाउनका लागि बजेटको समेत ब्यवस्था गरिएको गाउँपालिका अध्यक्ष पौडेलको भनाई छ ।

जसका लागि ३ लाख सम्मको ऋणमा १ बर्षको ब्याज गाउँपालिकाले तिरीदिने कुरा उल्लेख छ । ऋणदाताले दिएको ऋणमा ब्याज गाउँपालिकाले तिर्ने र उनीहरुलाई उद्यमम लगाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ऋण उपलब्ध गराउनका लागि सम्बन्धित निकायमा गाउँपालिकाले सहजीकरण गरिदिनेछ । यस कार्यको लागि कुराहरु कार्य विधि बनाएर गाउँपालिकाले अभियान अघि बढाउने छ ।

महाशिला गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७७ ७८ को लागि नीति कार्यक्रम तथा बजेट पारित गरेको छ । गाउँपालिकाको आठौ गाउँ सभाबाट ३४ करोड ४० लाख १८ हजार २ सय २३ बजेट पारित गर्दे सम्पन्न भएको छ । गाउँपालिकाको बिदेशबाट फर्केका युवाहरुका लागि ब्यबसायमा ब्याज लगानी गर्ने आकर्षक कार्यक्रम कार्यक्रम बनाएको छ ।

गाउँपाकिलाका अध्यक्ष राजप्रसाद पौडेलद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी बर्षका लागि कोभिड रोगका कारण विदेशबाट गाउँ फर्केकाहरुलाई गाउँमै रोजगार बनाउने अभियान सञ्चालन गर्न भएको हो । अभियानलाई गाउँ गाउँमा उद्यम घर घरमा रोजगारी, अव त गाउँ फर्क प्यारा प्यारी नारा दिइएको छ । उक्त नाराका आधारमा स्वरोजगार बन्न चाहनेहरुलाई गाउँपालिकाले विशेष सहयोग गर्नेछ । उनीहरुलाई ब्यवसाय र उद्यममा लगाउनका लागि बजेटको समेत ब्यवस्था गरिएको गाउँपालिका अध्यक्ष पौडेलको भनाई छ ।

जसका लागि ३ लाख सम्मको ऋणमा १ बर्षको ब्याज गाउँपालिकाले तिरीदिने कुरा उल्लेख छ । ऋणदाताले दिएको ऋणमा ब्याज गाउँपालिकाले तिर्ने र उनीहरुलाई उद्यमम लगाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ऋण उपलब्ध गराउनका लागि सम्बन्धित निकायमा गाउँपालिकाले सहजीकरण गरिदिनेछ । यस कार्यको लागि कुराहरु कार्य विधि बनाएर गाउँपालिकाले अभियान अघि बढाउने छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000