विहादी गाउँपालिकाको आगामी ३९ करोड ८९ लाख १० हजार

पर्वत/जिल्लाको विहादी गाउँपालिकाको आगमी बजेट ३९ करोड ८९ लाख १० हजार प्रस्तुत भएको छ । उक्त बजेट गाउँपालिकाको छैटौँ गाउँ सभामा उपाध्यक्ष डम्बर कुमारी गुरुङ उक्त बजेट प्रस्तुत गरेकी हुन । प्रस्तुत बजेटमा चालू तर्फ १९ करोड ९३ लाख र पूजीगत तर्फ १९ करोड ९६ लाख १० हजार रहेको छ । यस अघि गाउँपालिका अध्यक्ष कमल भुषालले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम सर्वसहमत पास भएपछि उपाध्यक्ष गुरुङले आगामी बर्षको बजेट प्रस्तुत गरेकी थिइन । नीति तथा कार्यक्रम र बजेट गाउँ सभाबाट पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषीराम पन्थीले जानकारी दिए ।

आगामी बजेट पारित गर्नुपूर्व विनियोजित बजेट माथि उठेका प्रश्नको जवाफ दिने क्रममा गाउँपालका अध्यक्ष भुसालले अहिलेको कोरोना माहमारी सँगै जुध्दै विहादीको विकास रफ्तारलाई तीव्रताका साथ अगाडि बढाइने बताएका थिए । आगामी बजेटमा मुख्य गरी भौतिक पूर्वाधार, कृषि र स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई प्राथमिकतमा राखिएको छ ।

कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रण कार्यको लागि यथेक्ष् बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । यसैगरी विहादी गाउँपािलकाका अधिकाश जनता कृषि तथा पशु पालनमा ब्यवसायमा आश्रीत रहेका कारण कृुषिमा विविधिकरण र आधुनिकीकरण गरी ब्यवसायीक बनाउनका लागि बजेट विनियोजन गरिएको छ । उता, शिक्षा, स्वसथ्य खानेपानी तथा सरसफाई पर्यटन र भाषा संस्कृतिका लागि पनि बजेटमा सम्बोधन गरिएको उपाध्यक्ष गुरुङले जानकारी गराईन् ।

आगामी बर्षका लागि सशर्त अनुदान चालु तर्फ १६ करोड अड्तिस लाख र वित्तिय समानीकण तर्फ ३ करोड ५५ लाख रुपैंया विनियाजन भएको छ । यसैगरी संघबाट पुँजीगत तर्फ ४ करोड, प्रेशबाट समपुरक तर्फ १ करोड र गण्डकी प्रदेश विशेष अनुदान तर्फ ५० लाख र वित्तिय समानीकरण तर्फ १२ करोड १३ लाख ५० हजार रुपैंया खर्च गरिने बजेटमा उल्लेख गरिएको छ। यसैग्री गरी क्रमागत योजनाका लागि २ करोड ३२ लाख ६० हजार रुपैंया विनियोजन गरिएको छ ।

बजेटमा कोभिड नियन्त्रणका लागि थप समन्वयकारी भूमिका खेलिने र कोभिड नियन्त्रण अभियानमा साझा संकल्प सहित हातेमालो गरिने कुरा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000