गण्डकीमा थप २१ जना नयाँ कोरोना संक्रमित थपिए, पर्वतमा २९ पुगे

पर्वत, असार ३–गण्डकी प्रदेशमा थप २१ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान सार्वजनिक गरेको संख्याअनुसार नवलपरासी सुस्ता पुर्व र पर्वतमा गरी २१ जना नयाँ संक्रमित भेटिएका हुन । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई सय ४७ पुगेको छ ।
नयाँ भेटिएका संक्रमितमा पर्वतको फलेबास नगरपालिकाका १९ र २१ बर्षका दुई पुरुष र ४६ बर्षिय एक महिला गरी तीन जना रहेका छन् । त्यस्तै नवलपरासी सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, २४, २१ र १८ बर्षका गरी १४ जना पुरुष रहेका छन् । मध्यबिन्दु नगरपालिकाका १६ र ३० बर्षका पुरुष छन् । कावासोती नगरपालिकाका ३७ बर्षिय एक पुरुषलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिए । उनकाअनुसार एक जनाको ठेगाना खुल्न सकेको छैन ।
पर्वतमा तीन थपिएसँगै संक्रमितको संख्या २९ पुगेको छ । भारतबाट आइ क्वारेन्टाइनमा रहेका उनीहरुलाई कोरोना अस्थायी अस्पताल कुश्माको आइसोलेसनमा लैजाने तयारी भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000