कोरोनाबाट अर्थतन्त्रलाई उकास्न जलजलाको यस्तो योजना

पर्वत, जेठ १२–विश्वभर कोरोना भाइरस (कोभिड–१९)को महामारी छ । कोरोना महामारीकै कारण नेपालमा लकडाउन भएको दुई महिना बितेको छ । विकास निर्माणका कामदेखि जनताका जनजीविकाका कामसमेत प्रभावित भएको छ । कोराका कारण मुलुकको आर्थिक अवस्था कमजोर बन्दैछ भने धेरैको रोजगारीसमेत गुम्दा सामान्य आर्थिक अवस्थाका मानिसहरुमा निकै समस्या आउने देखिएको छ । कोरोना महामारी र लकडाउनको अवधि कतिञ्जेल हुने हो भन्ने निक्र्यौल गर्न हम्मे परिरहेको बेला जलजला गाउँपालिकाले गाउँपालिकाबासीमा आत्मनिर्भरको योजना अगाडी सारेको छ ।

स्थानीयस्तरमै उत्पादनमा जोड दिएर गाउँमै आत्मनिर्भरका योजना ल्याउने भएको छ । जलजला गाउँपालिकाले आत्मनिर्भर समाजको निर्माण गर्न र घरघरमा स्वरोजगार सिर्जना गर्न कृषि र पशुपालनमा विशेष जोड दिने भएको छ । विश्वभर फैलिएको कोरोना महामारी र त्यसबाट अर्थतन्त्रमा पर्ने नकरात्मक असरलाई मध्यनजर गर्दै गाउँपालिकाले आय आर्जनका कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण(ले जानकारी दिए । ‘गाउँको आर्थिक अवस्थालाई बलियो बनाउन र रोजगारीको अवसर सिर्जना गर्न कृषि र पशुपालनमा विशेष अनुदानको व्यवस्था गरिएको छ’ अध्यक्ष मल्लले भने । उनले कोरोनाका कारण धेरैको रोजगारी गुमेको, गाउँ फर्कनेको संख्या बढेको, सामान्य जीवनयापन गर्दै आएका बासिन्दामा झन कठिनाइ आउने देखेर नै जलजला गाउँपालिकाले कृषि र पशुपालनमा विशेष जोड दिएर उत्पादन बढाउने योजना बनाएको जानकारी दिए ।

‘गाउँमा रहेका बाँझो जमिनलाई उपयोग गरेर केही न केही उत्पादनमा लाग्न जलजलाबासीलाई आब्हान गरेका छौ’ अध्यक्ष मल्लले भने ।  गाउँपालिकाले शुक्रबार मात्रै ४२ हजार कमन कार्प जातका भुरा वितरण गरेको छ । ती माछाका भुरा १६ जना कृषकका २४ वटा पोखरीमा राखिएको छ । गाउँपालिकाका पशु सेवा शाखा संयोजक दीपक श्रेष्ठले शुक्रबार मात्रै ४२ हजार माछाका भुरा ल्याएर बितरण गरिएको जानकारी दिए । गाउँपालिकाले कृषकको रुची र मागका आधारमा अझै ३५ हजार भुरा खरिद गरि वितरण गर्ने तयारीमा रहेको छ । त्यसैगरी गाउँपालिकाले ब्यावसायिक रुपमा कुखुरापालन, बाख्रापालन, तरकारी खेती गर्ने, बाझो रहेको जमिनमा उत्पादन बढाउनेलाई पनि अनुदानको योजना बनाएको अध्यक्ष मल्लले जानकारी दिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000