पिसिआर परिक्षणको दायरा बढाएर रोकथामको भरपर्दो ब्यवस्था मिलाउन सरकारलाई काँग्रेस नेता जोशीको माग

पर्वत, जेठ ६–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले सरकारकै लापरबाहीले नेपालमा पनि कोरोना भाइरसको भयावह अवस्था सुरु भएको बताएका छन् । पछिल्लो हप्ता दुई सय ६६ प्रतिशतले कोरोना भाइरस संक्रमणका मान्छे भेटिनु सरकारले कोरोनाबाट कोही मर्दैनन् भनेर आत्मरतिमा रमाउनु भएको काँग्रेस नेता जोशीले दाबी गरेका छन् । शंकास्पद देखिएकालाई पिसिआर परिक्षण नै नगरी राख्ने कामले अवस्था भयावह हुन थालेको उनको विश्लेषण छ । ‘एक हप्तामा कोरोना संक्रमितको बृद्धि, दैनिक संक्रमितको संख्या र कोरोना भाइरसको बिस्तारको स्वरुप हेर्दा कुनैपनि जिल्ला जोखिममुक्त छ भन्न सक्ने स्थिति देखिदैन’ जोशीले भने–‘त्यसैले पिसिआर परिक्षणको दायरालाई ब्यापक बनाउन आवश्यक छ ।’

काँग्रेसका प्रभावशाली नेता जोशीले सबै जिल्लामा पिसिआर परिक्षणको ब्यवस्था गरी ब्यापक बनाउन, क्वारेन्टाइनस्थल नै संक्रमणस्थल बन्न नदिनका लागि मापदण्डअनुसार बनाउन, एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा परिक्षणपछि मात्रै प्रबेश अनुमति प्रदान गर्न, स्थानीयस्तरमा पनि एउटा गाउँबाट अर्को गाउँमा प्रवेशलाई अनुगमन गर्न, जनता घर भित्र थुनिने पहुंचवाला सरकारी पास् लिएर (जरुरी काम बाहेक) निस्कने अवस्था तुरुन्त रोकिनुपर्ने, सिमापारिबाट अब्यबस्थित र लुकिछिपी नेपाल प्रबेश गर्नेहरु नै अहिले संक्रमणको मुख्य श्रोत देखिएको हुँदा नेपाल आउन चाहने सिमामा रोकिएकाहरुलाई ब्यबस्थित रुपले ल्याएर क्वारेन्टाइनमा राखी परीक्षणको ब्यबस्था गर्न माग गरेका छन् । अहिलेकै लकडाउनले सत्ताको रक्षा गरेपनि अन्तिममा सत्तासिनलाई पनि कोरोनाले नछोड्ने भएकोले जिम्मेबार र गम्भिर बन्न सरकारलाई नेता जोशीले आग्रह गरेका छन् । उनले नेपालमा कोरोनाले खतराको साइरन बचाइसकेकोले सबैलाई सचेत बन्न र प्रयाप्त मात्रामा सावधानी अपनाएर घरमै बस्न आग्रह पनि गरेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000