विश्वकै दोस्रो अग्लो बञ्जीमा पहिलो महिला जम्पर बनिन युरिशा जोशी

पर्वत, चैत ११–दुबै तिर विशाल चट्टानी पहाडको बीचमा बेस्सरी सुसाइरहेको कालीगण्डकी । माथिबाट सरर हेर्दा नदी कहाँ नेर छ भन्ने देख्नै गाह्रो । कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल र २२८ मिटर उचाईमा रहेको त्यो नदीमाथि झोलुंगे पुल । हेर्दै कहाली लाग्दो उचाइ अनि नदी । त्यति माथिबाट हाम्फाल्दाको अनुभव कस्तो होला ?
विश्वकै लामो र अग्लो दाबि गरीएको सबभन्दा सुन्दर र साहसी मध्येको एक बञ्जी गर्ने रहर जो कोहीको हुन्छ । त्यो रहर थियो बञ्जीका सञ्चालक युबराज जोशीकी छोरी युरीसा जोशिको । आजभन्दा २ ,४ वर्ष अघिदेखिको त्यो रहर, सपनाजस्तै बनेको थियो । पूरा गरौंला भन्ने सोचेको थिएँ । तर समय, परिस्थितिले मौका निमिलेको भएपनि त्यो मौका पुरा भएको उनले उनुभब सुनाईन् ।
जुन दिनको लागि म प्रतिक्षारत थिएँ त्यो दिन पनि आयो र सपना पनि पुरा भएको उनले सुनाईन् । भर्खर १५ बर्ष उमेरकी युरीसाले सोमबार बिहान ११ बजे बञ्जी गरेकी हुन । बञ्जीको लागि पहिले दनै बाबालाई भन्दै आएको भएपनि समय नमिलेको उनले बताईन । बञ्जी गर्नुपुर्बको अनुभब साट्दै उनले भनिन् मेरो आधा पैतालाले प्ल्याटफर्मलाई छोडेको थियो भने आधा प्ल्याटफर्ममै थियो र साथ थियो जम्प मास्टरको । ‘आर यु रेडी?‘ जम्प मास्टरले सोध्नुभयो । कानले सुन्यो । तर, मुखले जवाफ फर्काउन सकिन । किनारामा पुगेपछि मनमा जो हलचल भइरहेको थियो । सबैले भन्थे त्यहाँ पुगेपछि होसहवास नै उड्छ । अघिदेखिको उत्साहमा डरले डेरा जमाउँदै थियो । अनि होसहवास नउड्ने कुरै भएन ।
२२८ मिटरबाट जो हाम फाल्दै थिए । दोस्रो पटक पनि उहाँले सोध्नुभयो मैले ‘एस‘ भनेर जवाफ त फर्काएँ । दिमाग तयार थिएन अनि मन पनि । थ्री, टू, वान, गो‘ जम्प मास्टरले यति मात्र के भनेका थिए । म कतिखेर जम्प भए पत्तै भएन । अघिपछि जोडजोडले उर्लिने त्यो कालीगण्डकी शान्त भएर बगिरहेको जस्तो लाग्यो । त्यो लचकदार डोरीले मलाई जताजता लान्थ्यो । आफु पनि त्यतै गएको भान भएको उनले बताईन् । सपना जुन अधूरै रहेको थियो त्यो पुरा भएकोमा उनि खुसि देखिएकी थिईन । उनी कुश्मामा रहेको कालीगण्डकी एकेडेमीमा अध्ययनरत बिद्यार्थी हुन । अहिले एसईईको तयारीमा रहेको उनले बताईन ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000