ट्रयाक खुलेको दुई दशक पुरानो सडकको कालोपत्रे गर्दै जलजला गाउँपालिका

पर्वत, चैत ७–ट्रयाक खुलेको दुई दशकसम्म पनि स्तरोन्नती हुन नसकेको यहाँको सडकमा संघ र प्रदेश सरकारले बजेट बिनियोजन नगरेपछि जलजला गाउँपालिकाले नै कालोपत्रे गर्न सुरु गरेको छ । जलजला गाउँपालिकाको वडा नम्बर ४ स्थित मोहनचोकदेखि मल्लाज जोड्ने सडकको गाउँपालिकाले नै कालोपत्रे गर्न सुरु गरेको हो । ०५५ सालमा यो सडकको ट्रयाक खुलेपनि हालसम्म पनि उस्तै रहेको सडकको जलजला गाउँपालिकाले विगत दुई बर्षदेखि सडकलाई चौडा बनाउने काम गर्दै आएको थियो ।
गतबर्ष यो सडकमा झण्डै तीन सय मिटर ढलान भएकोमा चालु आर्थिक बर्षमा छ सय ४० मिटर कालोपत्रे र ढलान गर्ने काम सुरु भएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए । ‘ट्रयाक खुलेको र महत्वपूर्ण सडक भएपनि केन्द्र र प्रदेश सरकारबाट बजेट बिनियोजन गर्न कन्जुस्याई भएकोले गाउँपालिकाकै थोरै बजेटले कालोपत्रे र ढलानको काम सुरु गरेका छौ’ अध्यक्ष मल्लले भने–‘गत बर्ष र यो बर्ष गरी एक किलोमिटर ढलान र कालोपत्रे सकिन्छ ।’
यो सडकलाई गाउँपालिकाले बहुवर्षे योजनामा समावेश गरेको छ । झण्डै चार किलोमिटर लामो सडकमध्ये यस वर्ष छ सय ४० मिटरमा आधा कालोपत्रे र आधा ढलानको काम हुने भएको हो । यो सडकमा यस बर्ष एक करोड ६८ लाख रुपैयाँ बजेट गाउँपालिकाबाट बिनियोजन भएको छ । फड्केढुंगासम्मको चार किलोमिटर सडक सम्पन्न भएपछि मल्लाज क्षेत्रका बासिन्दालाई राजमार्गसम्म आउजाउ गर्न र त्यहाँ उत्पादन भएको कृषिउपज ढुवानी गर्न सहज हुने पनि गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए ।
जलजला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भिष्म मल्लले मोहनचोक–मल्लाज सडक महत्वपूर्ण र अत्यावश्यक भएपनि संघ र प्रदेश सरकारले वास्ता नगरेको गुनासो गरे । ‘यो सडकको स्तरोन्नतीका लागि हामीले धेरै पटक माग गरेका छौ तर संघ र प्रदेश सरकारले ध्यान दिएन’ वडा अध्यक्ष मल्लले भने । २०५५ सालमा विश्व खाद्य संगठनको ‘कामका लागि खाद्यान्न’ कार्यक्रमको सहयोगमा यो सडकको ट्रयाक खुलेको थियो ।
जिल्लाकै पुरानो सडक भएपनि माथिल्ला सरकारले ध्यान नदिदा अचम्म लागेको गाउँपालिका अध्यक्ष मल्लले बताए । उक्त सडकलाई गाउँपालिकाले गत वर्ष पनि ९९ लाख बजेट विनियोजन गरेको थियो । यो सडक स्तरोन्नती भएमा जलजलाको मल्लाजसहित बासखर्क, लेखफाँट, शालिजा, म्याग्दीको नागी, राम्चेलगायतका ठाउँमा आवतजावतका लागि समेत सहज हुने जलजला गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष देबेन्द्रबहादुर भण्डारी (रवि)ले जानकारी दिए । 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000