लायन्स क्लब ब्रिजसिटीले बितरण ग¥यो बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री

पर्वत, चैत ५–आफ्नो स्थापना कालदेखि स्वास्थ्य र शिक्षाको क्षेत्रमा विभिन्न रचनात्मक कामहरू गर्दै आएको लायन्स क्लब अफ पर्वत ब्रिजसिटीले फलेबास नगरपालिका वडा नम्बर ४ मुडिकुवामा रहेको माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको छ । क्लबले बिद्यालयका ३१ जना बिपन्न तथा गरिब बालबालिकालाई एक÷एक दर्जन कापी र बिद्यालयमा पाँच वटा ह्वाइट बोर्ड बितरण गरेको हो ।
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी भएर पनि लगानी अनुसारको प्रतिफल विद्यालयले दिन नसकेको वताए । उनले शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन विद्यालय प्रशासनलाई सुझाव दिए ।
नगरप्रमुख शर्माले युग अनुसारको व्यवसायिक शिक्षा नै आजको आवश्यकता भएको वताउँदै प्राविधिक र व्यवसायिक शिक्षामा अभिभावक र विद्यार्थी आकर्षित गर्ने कार्ययोजना निर्माण गर्न आग्रह गरे । उनले फलेवास नगरपालिका एक घर एक करेसाबारी कार्यक्रम र ग्रिन फलेवास क्लिन फलेवासको अभियानमा सहयोग गर्न सबै फलेवासवासीलाई आग्रह गरे । समाजमा रचनात्मक कामहरू गर्दै आएको लायन्स क्लबले फलेवासमा कार्यक्रम आयोजना गरेर विद्यालयको शैक्षिक अभियानमा सहयोग पु¥याएकोमा उनले आभार प्रकट गरेका थिए ।

लायन्स क्लबका डिष्ट्रिक कोच एड्भाइजर बसन्तकुमार कर्माचार्यले लायन्स क्लबले स्वास्थ्य र शिक्षाको क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको जानकारी दिँदै लायन्स क्लबको अन्तराष्ट्रिय नेटवर्क राम्रो भएकोले धोलागिरीमै एउटा राम्रो आँखा अस्पताल निर्माण गर्ने अभियानमा लागेको वताए । कार्यक्रममा फलेवास नगरपालिकाका प्रवक्ता तथा वडाअध्यक्ष टीकाराम गौडेलले आफ्नो वडामा यो कार्यक्रम आयोजना गरेकोमा लायन्स क्लब अफ वृजसिटीलाई धन्यवाद दिए ।
कार्यक्रममा लायन्स क्लब अफ पर्वत वृजसिटीका अध्यक्ष देवीप्रसाद विलासीले गरीब दलित र असहाय बालबालिकाका लागि शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउँदा आफूलाई निकै खुसी लागेको वताए । उनले शिक्षाको गुणस्तर सुधार गर्न र विद्यालयको शैक्षिक उन्नयनका लागि आफूले भोलिका दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष विलासीले लायन्स क्लबलाई सहयोग गर्ने फलेवास नगरपालिका र नगर प्रमुख शर्माप्रति कृतज्ञता समेत प्रकट गरे ।
लायन्स क्लब अफ पर्वत वृजसिटीका अध्यक्ष देवीप्रसाद विलासीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव शिवप्रसाद शर्माले गरेका थिए । कार्यक्रममा लायन्स क्लबका कलस्टर चिफ बिषमकुमार श्रेष्ठ, लायन्स क्लबका जनसम्पर्क अधिकारी द्वय कमलनाथ पोखरेल र अर्जुन चापागाई, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष एवं रेडियो शालिग्राम पर्वतका स्टेशन म्यानेजर ओमप्रसाद घायल, लायन्स क्लब अफ शिबालयका अध्यक्ष डिआर शर्मा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका ३१ जना छात्र छात्राहरूलाई एक÷एक दर्जनका दरले कपी र विद्यालयलाई पाँच थान ह्वाइट वोर्ड वितरण गरिएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000