वडा अध्यक्षकै संलग्नतामा मोदीको कुडुलेमा जबरजस्ती डोजर चलाउँदा स्थानीय घाइते, जग्गादातामाथि कुटपिट, महिलालाई लछारपछार

पर्वत, फागुन १३–मोदी गाउँपालिका वडा नम्बर ३ मा वडा अध्यक्ष देबेन्द्रबहादुर क्षेत्रीकै प्रत्यक्ष संलग्नतामा स्थानीयबासीमाथि कुटपिट र लछारपछार भएको आरोप लागेको छ । बस्ती नै नभएको ठाउँमा सडक लैजाने नाममा स्थानीयको जग्गामा जथाभावी डोजर लगाइएको र रोक्ने क्रममा चोलानाथ शर्मा, हरिकला सुबेदी, हिरादेवी सुबेदी, बिमल शर्मामाथि कुटपिट भएको मोदी ३ कुडुलेका बासिन्दाले बताएका छन् ।
सोमबार दिउसो स्थानीयबासीको सहमतिबिना डोजर ल्याएर उनीहरुको जमिन जथाभावी रुपमा खनिएको थियो । आफ्नो जग्गा खन्न रोक्ने क्रममा जग्गादातामाथि कुटपिट र लछारपछार भएको हो । कुटपिटबाट चोलानाथ शर्मासहितका ब्यक्ति घाइते भएका छन् । उनको पर्वत जिल्ला अस्पताल कुश्मामा उपचार भइरहेको छ । कुडुलेसम्म सडक पुगेको छ । त्यहाँबाट बायटारीसम्म सडक लैजानका लागि तुलसीराम सुबेदीको जोडबल रहँदै आएको थियो ।
स्थानीयले बायटारीमा बस्ती नभएको र सडक आवश्यक नभएकोले ब्यक्तिको जग्गा नोक्सान गरेर बस्ती नै नभएको ठाउँमा सडक लैजान नदिने अडान लिदै आएका थिए । तुलसीराम सुबेदीले भने विगत तीन बर्षदेखि जबरजस्ती भएपनि आफ्नो खेतमा सडक पु¥याएरै छाड्ने अडानमा थिए । सोमबार वडा अध्यक्ष देबेन्द्रबहादुर क्षेत्रीसहित हेमराज सुबेदी, डम्बरबहादुर विक, युवराज सुबेदी, तेजबहादुर पुन, पुर्णबहादुर परियारसहित झण्डै ५० जनाको संख्यामा आएको समुहले जबरजस्ती डोजर लगाएका थिए ।

आफ्नो जग्गा डोजर लगाउनबाट रोक्न गएका जग्गादातामाथि कुटपिट, लछारपछार र मोबाइललगायतका सामान कब्जामा लिएर आतंक मच्चाएको पीडित सन्तोषराज सुबेदीले बताए । ‘मैले भिडियो खिच्दै थिए, मोबाइल कब्जामा लिएर मलाई कुटपिट गरे’ उनले भने–‘वडा अध्यक्ष क्षेत्रीले मलाई नछाड्ने धम्की दिएका छन् ।’ घटनालगत्तै पीडितले प्रहरी प्रशासनमा खबर गरेका थिए । प्रहरी पुगेर तत्कालका लागि सडक नखन्ने सहमतिमा मात्रै खन्नेगरी फर्किएको थियो ।
प्रहरी पुग्दा रोक्ने प्रहरी हिडेपछि खन्न थालेपछि प्रहरीले डोजरको चाबी मागेर ल्याएको भएपनि नक्कली चाबी प्रहरीलाई बुझाएर सोमबार राती १० बजेबाट धमाधम जबरजस्ती आफ्नो जमिन नोक्सान गराइएको पर्वत अस्पतालमा उपचाररत चोलानाथ शर्माले जानकारी दिए । ‘आफ्नो जग्गामा डोजर लगाएर सत्यनास गर्दा पनि न्याय पाइन’ शर्माले रुँदै भने ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले घटना थाहा पाउनासाथ प्रहरी खटाइएको भएपनि अटेरी गरेको पाइएको बताइन । उनले सहमतिको प्रयासबाट समाधान खोज्न सकिने भएपनि प्रशासनले तत्कालका लागि रोक्न दिएको निर्देशनमा अटेर भएको बताइन । उनले जिल्ला प्रशासनमा वडा अध्यक्ष क्षेत्रीसहितका ब्यक्तिमाथि कारबाहीको माग गर्दै जाहेरी परेकोले आवश्यक प्रक्रिया अगाडी बढाउने पनि जानकारी दिइन ।
जिल्ला प्रहरी प्रमुख श्यामु अर्यालले प्रहरीलाई पनि डोजरको नक्कली चाबी दिएर रातको समयमा जबरजस्ती खनिएको पाइएको जानकारी दिए । उनले यस बिषयमा दुबै पक्षलाई बोलाएर छलफल गराउने प्रयास भइरहेको बताए ।

संविधानसभा सदस्य एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सडक, बत्ती, खानेपानी, सिंचाई लगायतका विकास निर्माणमा अबरोध हुनुहुँदैन भन्नेमा आफु स्पष्ट भएपनि बस्ती नै नभएको ठाउँमा जबरजस्ती गर्ने, कुटपिट गर्ने, महिलामाथि लछारपछार र दुब्र्यवहार हुनु दुर्भाग्य भएको बताए । उनले कोही कसैलाई अन्याय हुन नहुनु भएकोले छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रजिअ नेपाल र प्रहरी प्रमुख अर्याललाई आग्रह गरे ।
उता वडा अध्यक्ष देबेन्द्रबहादुर क्षेत्रीले भने डोजर लगाउने क्रममा मान्छे अगाडी सुतेका कारण उठाएर अन्यत्र लगिएको मात्रै बताए । ‘कुट्नेपिट्ने कुनै मनसाय होइन, डोजर अगाडी आएर सुतेकालाई उठाएर लगिएको हो’ उनले भने । केही ब्यक्तिको कपडा च्यातिएको र कमजोरीका कारण बेहोस भएको स्वीकार गर्दै वडा अध्यक्ष क्षेत्रीले उनीहरुलाई ट्याक्सीमा अस्पताल पठाइएको पनि बताए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000