सरकार लोकतन्त्र मास्ने दिशमा लाग्यो : काँग्रेस नेता जोशी

नेपाली काँग्रेसका नेता अर्जुन जोशी ।

पर्वत, फागुन १–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले बर्तमान सरकार लोकतन्त्र मास्ने दिशामा अग्रसर भएको बताएका छन् । नेपाली काँग्रेस महाशिला गाउँपालिका समितिको समायोजन घोषणासभालाई बुधबार लुंखुमा सम्बोधन गर्दै जोशीले यस्तो बताएका हुन । संविधानले नै नागरिकलाई दिएका अधिकार विभिन्न बिधेयकको नाममा खोस्ने प्रयासमा सरकार लागेको जोशीले बताए ।
‘संविधानले जनतालाई सार्वभौमसत्तासम्पन्न गरायो भनिरहदा आज सरकारले नागरिकका अधिकार कुण्ठित पार्नेगरी काम गरिरहेको छ’ काँग्रेस नेता जोशीले भने–‘सूचना प्रविधि बिद्येयक, मिडिया काउन्सिल विद्येयक लगायतका विद्येयकहरु त्यसैका उदाहरण हुन ।’ विकास र समृद्धिको काम गर्नुको साटो सरकार जनताका अधिकार खोस्न मात्रै तल्लीन भएको दाबी जोशीले गरे । बर्तमान सरकार सबैभन्दा बढी भ्रष्टाचारमा डुबेको ठोकुवा गर्दै जोशीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मान्छेले जतिसुकै गल्ती गरेपनि छुट दिने तर बिपक्षीलाई नियोजित रुपमा मुद्धा लगाउने कामले सरकारको गलत नियत जनताले बुझिसकेको जोशीले बताए ।
सरकारले संबैधानिक निकायलाई पनि दबाबमा पारेर पार्टीनितिमा चलाएको दाबी जोशीले गरे । केही दिन पहिले अख्तियार दुरुप्रयोग आयोगको नाममा ललिता निवास प्रकरणमा बिजयकुमार गच्छदारसहितलाई मुद्धा चलाएको तर सबैभन्दा बढी दोषी भनिएका तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई, जग्गा लिने नेकपाका महासचिव बिष्णु पौडेल, तत्कालिन मुख्यसचिव लिलामणी पौडेललाई मुद्धा नचलाउनु पुर्वाग्रहपूर्ण भएको उनले बताए ।

‘सरकारले अख्तियारलाई नै नेकपाको अंग बनाएको छ’ उनले भने–‘गल्ती गर्ने जोसुकै भएपनि यो वा त्यो नभनी सबैलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’ उनले अख्तियारलाई आफ्नो छायाँमा परेर सरकारले विधि र विधानको खिल्ली उडाएको दाबी पनि गरे । काँग्रेस नेता जोशीले सरकारले गरेका गलत कामको भण्डाफोर गर्न र गाउँगाउँका जनतालाई सुचना दिन नेता कार्यकर्तालाई निर्देशन पनि दिएका थिए । लोकतन्त्र बचाउनका लागि काँग्रेस फेरी तङ्ग्रिनुपर्ने बेला आएको जोशीले बताए ।
उनले एउटा चुनाव हार्दैमा जनताको सेवा गर्न नछाड्ने भन्दै निरन्तर जनताको समस्यामा साथ दिने प्रतिबद्धता पनि जनाए । ‘तीन÷तीन पटक सांसद भएर काम गरे, एउटा चुनाव हार्दैमा जनताको सेवा गर्न छाड्ने भन्ने हुँदैन निरन्तर लाग्छु’ उनले भने । उनले पार्टीलाई एकताबद्ध र बलियो काँग्रेस बनाउनका लागि पार्टीले गरेको जस्तोसुकै निर्णय मान्न पनि तयार भएको भन्दै साथ दिएर काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले पार्टी सञ्चालनका क्रममा काखा र पाखा नगरी अगाडी बढेको बताए । उनले बलियो काँग्रेस र पार्टीको एकता नै आफ्नो मुख्य लक्ष्य भएकोले इमान्दार भएर पार्टीमा काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे । भुसालले पार्टीलाई मजवुत बनाउन नेता कार्यकर्ताहरुमा भवनात्मक एकता आवश्यक रहेको बताए । सबै पक्षलाई समेटेर लैजाने आफ्नो अभिप्राय रहेकोले तितामिठा केही कुरा भए पार्टीमा ल्याउन उनले आग्रह गरे । नेपाली काँग्रेस पर्वतका पूर्वसभापति नवराज गुरुङले पर्वतमा नेपाली काँग्रेसको संगठन बलियो भएमा कुनै पनि शक्तिले पराजित गर्न नसक्ने भएकाले सबैलाई एक जुट हुन आग्रह गरे ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङ, पर्वत प्रदेशसभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, पैयुँ गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका महासमिति सदस्य खगेन्द्रप्रसाद तिवारी, महासमिति सदस्य बसन्तबहादुर सिके, गंगाधर तिवारी, महाधिबेशन प्रतिनिधि मोहन गुरुङ, जिल्ला कार्यसमिति पर्वतका सचिव अशोक उच्चै ठकुरी, जिल्ला सदस्यहरु आनन्दप्रसाद भुसाल, शिवप्रसाद सुबेदी, नेपाली काँग्रेस पैयुँका सभापति डम्वर प्रधान, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, दलित संघका नेता विक्रम लोहनी, प्रेम विक, जिविसका पूर्वउपसभापती राम शर्मा पौडेल, शिक्षक संघका नेताहरु भिमवहादुर क्षेत्री, मेघराज शर्मा, पर्वत काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष ओम शर्मा चापागाई, नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सचिव धर्मराज शर्मा, नेविसंघका पूर्व केन्द्रिय सदस्य मोहन आचार्य, तरुण दल पर्वतका सदस्य सन्तोष हमाल, नेविसंघ महाशिलाका अध्यक्ष विशाल नेपाली लगायतले बोलेका थिए ।
नेपाली काँग्रेस महाशिलाका सभापति धनप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महाशिला गाउँपालिकाका उपाध्यक्ष पदका प्रत्यासी सृजना मल्ल र सञ्चालन नेपाली काँग्रेस महाशिलाका सचिव सूर्यवहादुर गुरुङले गरेका थिए । कार्यक्रममा धन्यवाद मन्तव्य महाशिला ५ का सभापति डिल्लीराम उपाध्यायले गरेका थिए ।
काँग्रेसले पर्वतका विभिन्न स्थानीय तहरुमा समायोजन घोषणा गर्ने क्रममा बुधवार महाशिलामा समायोजन घोषणा गरेको हो । स्थानीय तह समायोजनका लागि तोकिएका केन्द्रीय प्रतिनिधि हरिनारायण रेग्मीले गाउँपालिकाको सभापतिसहित गाउँपालिकाका सबै ६ वटा वडाका सभापतिको नामावली घोषणा गरेका थिए । रेग्मीअनुसार हालसम्म नेपाली काँग्रेस पर्वतको पैयूँ, बिहादी, फलेबास, महाशिला र जलजला गरी पाँच वटा पालिका समायोजन घोषणा गरिएको छ । कुश्मा नगरपालिका र मोदी गाउँपालिका समायोजना गर्न बाँकी रहेको र केही दिनभित्रै घोषणा हुने पनि रेग्मीले जानकारी दिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000