छैठौँ पर्वत महोत्सव आजदेखि, यसरी हुँदैछ दिउँसो १ बजे विधिवत् उद्घाटन

पर्वत, माघ ९–छैठौ पर्वत महोत्सव आजबाट सुरु हुँदैछ ।उद्योग वाणिज्य संघको आयोजनामा  हुन लागेको महोत्सवको दिउसो १ बजे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्दैछन् । त्यसभन्दा अगाडी लोकतन्त्रचोकबाट विशाल झाकीसहितको ¥याली निस्कनेछ । महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको बडागाउँको खेलमैदानमा हिजो बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महोत्सव मूल आयोजक समितिका संयोजक केदारनाथ शर्माले महोत्सको मुख्य तयारीहरु सबै सकिएको वताए ।
कार्यक्रममा बोल्दै महोत्सव प्रचारप्रसार समितिका संयोजक ठाकुर बी. पौडेलले महोत्सवमा ३० ओटा निःशुल्क, एक सय ३० ओटा व्यवसायिक, १५ ओटा होटल र प्रयोजक १० ओटा स्टलहरु रहेको जानकारी गराए । यस्तै, रचनात्मक कामहरु प्रदर्शन गर्ने तथा शिक्षासँग सम्बन्धित स्टलहरुको भाडा केही कम राखिएको पनि उनको भनाई छ ।
अहिलेसम्म पर्वत, स्याङजा, बागलुङ र कास्की जिल्लाका १३ ओटा भलिबल टीमले नाम दर्ता गराएको तथा दर्ता गर्ने समय बिहिबार बिहान १० बजे सम्म रहेकोले अन्य टीम पनि थप हुने अपेक्षा गरिएको पौडेलको भनाई छ ।

महोत्सव आर्थिक समितिका संयोजक गोपी अधिकारीले महोत्सवबाट झण्डै डेढ करोड रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको बताउँदै सरकारले उपलब्ध गराउने प्रमाणको आधारमा ७० बर्ष माथिका ज्येष्ठ नागरिक तथा क, ख र ग बर्गको अपांगता परिचय पत्र भएकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिए ।
अहिलेसम्म ८ सय भन्दा बढीको संख्यामा रु ५०० का प्याकेज टिकटहरु बिक्री भइसकेको बताउँदै आर्थिक संयोजक अधिकारीले प्रयोजकहरुबाट मात्रै कम्तीमा पनि ५० लाख रुपैयाँ वरावरको आर्थिक सहयोग गर्ने कमिटमेन्ट भएको वताए ।
प्रचारप्रसार संयोजक ठाकुर बी. पौडेलका अनुसार भोलीको उद्घाटन समारोहपछि कलाकारहरु कृष्ण अखेली, भरत क्षेत्री, रिना के.सी, सूदीप क्षेत्री लगायतका लोक कलाकारहरुको सांगितिक प्रस्तुतीहरु रहने भएका छन् । महोत्सव यही माघको १९ गतेसम्म संचालन हुँदै छ । त्यसै गरि माघ ११ गते रामकृष्ण ढकालको एकल सांझ कार्यक्रम हूने र चर्चित वाल गायिका कमला घिमिरेको वताईएको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले पर्वत महोत्सवलाई सबैको महोत्सव सम्झेर सफल गराउन आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000