भ्रम र अफवाहले बनेको सरकारबाट जनता आजित भैसके : जाेशी

 

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले केपी ओली झुट र अफवाहका शिरोमणि भएको वताउँदै ओलीको उधारो भ्रमलाई बुझेर जनताले उनको कुरै सुन्नै छाडिसकेको वताउनु भएको छ । नेपाली काँग्रेस चित्रे गाउँ कार्यसमितिले आयोजना गरेको क्रियाशील सदस्यता वितरण तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता जोशीले उक्त कुरा वताउनु भएको हो । उहाँले एउटा चुनाव हारेर काँग्रेस कार्यकर्ताले मनोबल घटाउन नहुने वताउँदै नेकपा सरकारसँग जनताहरू आत्तिइसकेकोले आगामी निर्वाचनसम्म काँग्रेसले स्पष्ट बहुमत ल्याउने दाबी गर्नुभयो । ‘संगठनप्रति ईमान्दार भएर लाग्नोस्, आगामी निर्वाचनमा फेरि पर्वत काँग्रेसको झण्डा जिल्लाभर फहराउने संकल्प र अठोट मैले लिएको छु , एउटा बलियो काँग्रेस बनाएर मात्रै म विश्राम लिन्छु ।’- नेता जोशीले भन्नुभयो । उहाँले पर्वत काँग्रेसका सबै काको सु र संरक्षणको जिम्मा आफूले लिहरेक ज्यादतीको विरूद्धमा खुलेर प्रतिवाद गर्न निर्देशन दिनुभएको थियो ।

नेता जोशीले पार्टीबाट प्राप्त क्रियाशील सदस्यताको ईज्जत राखेर संगठन निर्माणमा लाग्न चित्रेबासी काँग्रेसलाई आग्रह समेत गर्नुभएको थियो । उहाँले केन्द्र र जिल्लाको कुरा छोडेर गाउँको एकतामा लाग्न सुझाव दिँदै गुटको कुरा गरेर काँग्रेसमा विभाजन गर्न खोज्ने नेताहरुलाई गाउँमा प्रवेश गर्न नदिन समेत आग्रह गर्नुभएको थियो । नेता जोशीले नियतवश सूर्यमा भोट हाल्ने र काँग्रेसका उम्मेदवारलाई हराउने व्यक्तिलाई पहिचान गरेर सोही अनुसारको व्यवहार गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।

तीन/तीनपटक जनप्रतिनिधि भएर जिल्लाको विकास निर्माणमा उल्लेख्य काम गरेका नेता जोशीले आफू अहिले जनप्रतिनिधि नभए पनि गाउँको विकास निर्माणमा आफ्नो सहभागिता र संलग्नता जारी रहेको दाबी गर्दै आफू सांसद हुँदा भन्दा बढि अहिले खट्नुपरेको र जनताको सुख दुःखमा अझै सक्रिय हुने प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य डाक्टर चूडामणि शर्माले चुनाव हारेपनि काँग्रेस नसकिएको वताउँदै निर्वाचन परिणामले काँग्रेसलाई संगठन गर्ने अवसर दिएकोले यो अवसरलाई सदुपयोग गर्दै टोलटोलबाट संगठन सुदृढीकरणमामा लाग्न चित्रेबासीलाई आग्रह गर्नुभएको थियो । भने कार्यक्रममा नेपाली काँग्रेस चित्रेका उपसभापति तिलकप्रसाद पौडेल, नेपाली काँग्रेस चित्रेका नेता महेन्द्र गुरूङ, नेपाली काँग्रेस धाईरिङका नेता डण्डपाणी रिजाल लगायतले काँग्रेसप्रति जनताको विश्वास बढ्दै गएको तर आफूभित्रको गुट र उपगुटले काँग्रेसलाई कमजोर पारेकोले गुटको राजनीति नगर्न नेतृत्वलाई सुझाव दिनुभएको थियो ।

नेपाली काँग्रेस चित्रेका सभापति भीमप्रसाद लम्सालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य पार्टी सहसचिव शालिग्राम पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको संचालन पार्टी सचिव कृष्णप्रसाद ढुंगानाले गर्नुभएको थियो । कार्यक्रममा वयोवृद्ध ८७ बर्षिय क्रियाशील सदस्य आशवीर गुरूङ लगायत सयौं कार्यकर्ताहरूलाई केन्द्रीय सदस्य जोशीले पार्टीको क्रियाशील सदस्यता वितरण गर्नु भएको थियो । त्यसैगरि सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एकदर्जन व्यक्तिहरू नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000