जलजलामा तरुणको भेला, ३६ जना नेकपाका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

पर्वत, पुस २१–पर्वतको जलजला गाउँपालिकामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३६ जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल क्षेत्रीय समितिले गरेको जलजला गाउँपालिकास्तरीय भेलामा जलजलाका नेकपाका युवा नेता खिम बरुवालसहित ३६ जनाले पार्टी परित्याग गरी नेपाली काँग्रेसको सदस्यता लिएका हुन ।
नेकपाको दुई तिहाईको सरकार बनेको दुई बर्षसम्म पनि मुलुकको समृद्धि र विकास गर्न नसकेको, अपराध र भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको, गरिब र जनताको नाम लिएर सत्तामा गएपछि आफै अबैध सम्पत्ति जोड्न थालेको पार्टी छाड्नेहरुको आरोप रहेको छ । नेकपा परित्याग गर्नेहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता अर्जुनप्रसाद जोशी, नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष बिद्धान गुरुङ, नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसाल, पार्टी कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)लगायतले टिका र खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका थिए । पछिल्लो केही महिनाभित्र मात्रै जलजला गाउँपालिकामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीबाट दुई सयबढी नेपाली काँग्रेसमा प्रवेश गरिसकेका छन् ।
तरुण भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका कन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले गुटगत राजनीति गरेर काँग्रेसलाई कमजोर बनाउनेहरुलाई कार्यकर्ताले निषेध गर्नुपर्ने बेला आएको वताए । काँग्रेसमा नेतृत्वलाई खुईलाएर आफू चर्चामा आउने प्रवृत्ति हावी भएको भन्दै नेतृत्व असफल हुँदा काँग्रेसको भविश्य सुरक्षित हुन नसक्ने दावी जोशीले गरे । ‘केन्द्रदेखि जिल्ला र गाउँसम्म नेतृत्वलाई आलोचना गर्ने लहर चलेको छ तर यो पार्टी र संगठनको लागि सबैभन्दा बढि घातक हो’– जोशीले भने । उनले कम्युनिष्टहरुको ज्यादतीविरुद्ध बोल्न खुट्टा कपाँउने तर काँग्रेसभित्र पौठेजोरी खोजेर संगठनलाई ध्वस्त बनाउनेविरुद्ध एकजुट हुन सबै जिम्मेवार कार्यकर्ताहरुलाई आग्रह गरे । नेता जोशीले पर्वतमा एउटा बलियो काँग्रेस बनाएर मात्रै आफू राजनीतिबाट विश्राम लिने प्रतिवद्धता जनाए ।

सोही कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसालले काँग्रेस कमजोर भएको बेला तरुणदलको भूमिका अझै बढि प्रभावकारी हुनुपर्ने वताउँदै पार्टी संगठनलाई तेजोबध गर्नेहरुलाई कडा निगरानी गर्न तरुण दललाई आग्रह गरे । सभापति भुसालले पार्टी कमजोर अवस्थामा पुगेको वेला गुटबन्दी छाडेर एकतामा सहभागी हुन सबैलाई आग्रह समेत गरे ।
कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता विद्वान गुरुङले पार्टीभित्रका वेइमान र अन्तरघातीहरुलाई तरुण दलले नजिकबाट नियालीरहेको वताउँदै अनावश्यक गुटबन्दी गरेर पार्टीलाई ध्रुवीकरण गर्न खोज्नेहरु आफै समाप्त भएर जाने दावी गरे । युवा नेता गुरुङले नेकपाको सरकारले देशमा अपराध, भ्रष्ट्राचार, जनअधिकार र राष्ट्रियतामाथि निरन्तर अतिक्रमण गरिरहेको अवस्थामा सरकारका ज्यादतीविरुद्ध बोल्नुपर्ने काँग्रेस नेताहरु आफ्नै नेतृत्वको आलोचनामा लाग्नु दुर्भाग्य भएको वताए । तरूण दल सँधै पार्टी नेतृत्व र संगठनको पक्षमा इमान्दार भएर अघि बढ्न सुझाव दिए ।
सोही कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले पछिल्लो समय पार्टी्भित्र हलो अड्काएर गोरू चुट्ने प्रवृत्ति हावी भएको वताउँदै पार्टीविधान विपरित गएर नेतृत्वलाई गाली गर्ने नेताहरुलाई अनुशासनको कार्वाही गर्नुपर्नेमा जोड दिए । मल्लले जलजला गाउँपालिकामा आफूले जनताको विकास र पार्टी संगठन सुदृढीकरण अभियान संगसंगै गरिरहेको वताउँदै जिल्लाका सबै स्थानीय तहले पार्टी संगठन सुदृढीकरणमा जोड दिन सुझाव दिए । अहिलेको आवश्यकता पार्टीमा भावनात्मक एकता भएको भन्दै गुटबन्दी त्यागेर पार्टी निर्माणमा सहयोग गर्न सबैलाई आग्रह मल्लले गरे ।

नेपाल तरूण दल प्रदेश क का क्षेत्रीय अध्यक्ष हरिविकाश जिसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति दुर्गाबहादुर खत्री, नेपाली कांग्रेस जलजलाका संयोजक चन्द्रबहादुर खत्री, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारी, नेपाल तरूण दल पर्वतका अध्यक्ष राज मल्ल तोरण, नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरत रखाल, नेपाल तरूण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्याल, नेपाली काँग्रेसका क्षेत्रीय सचिव कमल अधिकारी, नेपाली कांग्रेस धाईरिङका सभापति राजु आचार्य, नेपाल महिला संघ पर्वतका सचिव मुना शर्मा लामिछाने, जलजला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गोविन्द खत्री, वडा नं ३ का वडा अध्यक्ष देवेन्द्र भण्डारी र वडा नं ४ का वडा अध्यक्ष भीष्म मल्ल र नेपाल तरूण दल पर्वतका सचिव अमृत ठकुरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको संचालन नेवि सघंका नेता नविन जिसीले गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000