बिपि स्मृति भवनका लागि पोखरा, काठमाडौसहित पर्वतका सात वटै पालिकामा भेला गरिने

पर्वत, पुस १६–कुश्मा नगरपालिका वडा नम्बर ४ मा बन्न लागेको बिपि स्मृति भवन (नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय)का लागि पर्वतका सात वटै पालिकामा भेला गरिने भएको छ । भवन निर्माण समितिका संयोजक एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको अध्यक्षतामा बसेको बैठकले पर्वतका सात वटै पालिका र पोखरा, काठमाडौमा भेला गर्ने निर्णय गरेको हो ।
‘बिपि स्मृति भवन निर्माणका लागि आर्थिक संकलनको अभियानलाई निरन्तरता दिनका लागि सात वटै पालिकामा समायोजनको अवसर पारेर भेला आयोजना गर्ने र पोखरा काठमाडौमा पनि छुट्टै भेलाको आयोजना गर्ने निर्णय गरियो’ निर्माण समितिको बैठकले गरेको निर्णयमा उल्लेख गरिएको छ । त्यस्तै बिपि स्मृति भवन निर्माणका लागि बिदेशस्थित विभिन्न देशहरुमा रहेका शुभेच्छुक तथा सामाजिक ब्यक्तिहरुलाई आर्थिक सहयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको छ । निर्माणाधिन भवनको धमाधम काम भइरहेको छ ।

झण्डै सवा दुई करोडको लगानीमा बन्न लागेको भवनका लागि झण्डै एक करोडको बोलकबोल भइसकेको छ । भवन निर्माणका लागि गत असोजमा आयोजना गरिएको पहिलो भेलामा नै साढे ६१ लाख बोलकबोल भएको थियो । भवन निर्माण सुरु भएपछि धेरै शुभेच्छुकहरुमा उत्साह जागेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले बताए । १४ महिनाभित्र भवन निर्माण पुरा हुने लक्ष्य लिइएको भवनमा एक बृहत सभाहलसहित छ वटा कोठा हुनेछन् । भवनमा पार्टीका सबै पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थालाई कार्यालय सञ्चालन गर्न मिल्नेगरी ब्यवस्थापन गर्ने पनि संयोजक जोशीले जानकारी दिए ।
भवन निर्माणका लागि सहसंयोजकमा उपसभापति दुर्गाबहादुर खत्री, सचिवमा पार्टी सचिव बिश्वप्रकाश प्रसाई, कोषाध्यक्षमा पार्टी कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), भवन निर्देशक समितिमा सभापति खिमप्रसाद भुसाल, आर्थिक समिति संयोजकमा महासमिति सदस्य गंगाधर तिवारी, प्रचारप्रसार समितिको संयोजकमा महासमिति सदस्य राधाकुमारी कुँवर क्षेत्री, प्राविधिक तथा अनुगमन समितिको संयोजकमा महाधिवेशन प्रतिनिधि रामचन्द्र जोशी र सचिवालय समितिको संयोजकमा जिल्ला आमन्त्रित सदस्य शिवप्रसाद सुबेदी रहेका छन् । वर्तमान केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी जिल्ला सभापति रहँदा २०५४ सालमा १४ आना जग्गा खरिद गरिएको थियो । त्यही जग्गामा भवन निर्माण हुन लागेको हो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000