पाँच वर्षभित्र मागभन्दा ३ हजार मेगावाट विद्युत् बढी

काठमाडौं, मंसिर २२–माग र आपूर्तिको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् हुने देखिएको छ । हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो । पाँच वर्ष अर्थात् सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्नेछ भने यसमा ३०१४ मेगावाट सरप्लस हुनेछ । १५ प्रतिशत वृद्धिलाई आधार मानेर गरेको प्रक्षेपणमा भने सन् २०२४ मा ३९४७ मेगावाट पुग्नेछ । नेपाल विद्युत् प्राधिकरणले भने सन् २०१९÷२०१० मै विद्युत्को माग २२२५ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो ।

पावर समीट २०१९ मा विद्युत् प्राधिकरणको विवरण र हालको मागको आधारमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का महासचिव आशिष गर्गले गरेको विश्लेषणअनुसार सन् २०१९ मा विद्युत् सरप्लस हुने छैन भने सन् २०२० मा ११ मेगावाट हुनेछ ।

यसैगरी सन् २०२१ मा विद्युत् उत्पादन २२३६ मेगावाट हुनेछ भने ७०१ मेगावाट सरप्लस हुने छ । त्यसैगरी सन् २०२३ मा भने उत्पादन ५२४९ मेगावाट पुग्नेछ भने १६२५ मेगावाट सरप्लस हुनेछ । यसरी बढ्दै जाँदा पाँच वर्षमा ३ हजार विद्युत् सरप्लस हुनेछ । यो समाचार आजको कारोबारमा भीम गौतमले लेखेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

ललिता निवास जग्गा हिनामिना प्रकरण : सुवेदी दम्पतीको बयानबाट नयाँ तथ्य खुल्दै

प्रधानमन्त्री देउवाले भारतीय मोदीसँग उठाउलान् यी मुद्दा ?

नेपालमा बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000