पर्वतमा नेपालकै पहिलो गौ महोत्सव सुरु

पर्वत, मंसिर १९–जलजला गाउँपालिका वडा नम्बर ७ स्थित धाइरिङको मिलनचोकमा नेपालमै पहिलो पटक गौ महोत्सव सुरु भएको छ । महोत्सवको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले महोत्सवको उद्घाटन गरे । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गौशालासँगै आ–आफ्नो घरमा पनि गाई पाल्ने आग्रह गरे । उनले गाईको धार्मिकसँगै बैज्ञानिक रुपमा पनि ठुलो महत्व भएकोले यो अभियान सफल हुनुपर्ने बताए ।
घरघरमा गाई पाल्ने परिपार्टी जारी रहेको भए गौशाला निर्माणका लागि यो अभियान थाल्नुपर्ने आवश्यकता पनि नरहेको भन्दै तिमिल्सिनाले गौशालासँगै आ–आफ्नो गोठमा गाई पाल्न आग्रह गरेका हुन । गौशालाको बहुआयामिक विकासका लागि आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए । कालाञ्जर क्षेत्र धार्मिक रुपमा महत्वपूर्ण त छ नै त्योसँगसँगै पर्यटकीय हिसाबले झन महत्वपूर्ण छ । त्यसैले गौशाला र कालाञ्जर क्षेत्रको विकासका लागि सबैको भावना मिलेर काम गर्नुपर्ने उनको भनाई थियो ।
नेपालका पर्यटकीय गन्तब्यको नाम आउदा जलजला कालाञ्जर क्षेत्रको नाम आउनेगरी अगाडी बढाउने तिमिल्सिनाले प्रतिबद्धता जनाए । उनले बजेट ल्याउदा पनि समयमा विकास नहुने परम्परा रहेको स्मरण गराए । कतिपय योजना ल्याएपनि विभिन्न प्रक्रियाले समयमा काम सुरु नै नहुने अवस्था रहेको अवगत गराए । उनले आफ्नो अझै चार बर्ष कार्यकाल रहेकोले पर्वतका वडा कार्यालय जोडिने गरी सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कालाञ्जर क्षेत्रलाई विश्व सम्पदा सुचीमा पार्ने गरी काम गर्नुपर्ने बताए । कालाञ्जर क्षेत्रको महत्व विभिन्न हिन्दु ग्रन्थहरुमा पनि उल्लेख भएको र महत्वपूर्ण भएकोले राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र आफुबिच विश्व सम्पदा सुचीमा पार्नका लागि पहल गर्ने कुराकानी भएको जानकारी दिए । उनले आफ्नो ठाउँबाट गौशाला र कालाञ्जरक्षेत्रको विकासमा निरन्तर सहयोग रहने दाबी गरे ।
मुक्तिनाथ पिठाधिश एवम् स्वामी कमलानाचार्यले कालाञ्जरको महिमा उत्कृष्ट रहेको सुनाए । उनले मुक्तिनाथदेखि कालाञ्जर, बागलुङको सर्बसिद्धिधामहुँदै देवघाटसम्मको क्षेत्रको महत्व प्रचारप्रसार गर्नैपर्ने बताए । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आफ्नो प्रमुख सपना नै जलजलाको कालाञ्जर क्षेत्रको विकास भएको बताए । ‘कालाञ्जर क्षेत्रको विकासले जलजलाको मात्र नभएर गण्डकी प्रदेशकै धार्मिक र पर्यटनमा महत्वपूर्ण योगदान दिन्छ’ उनले भने ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गौमहोत्सवले गाईको महत्व बढाउने र गौशालाको पुर्वाधार विकाससंगै म्याग्दीको भुरुङतातोपानी देखि पर्वतको जलजला, हम्पाल हुँदै पातिचौरसम्मको क्षेत्रलाई समेटिएको कालञ्जर पर्वतको ऐतिहाँसिक महत्व र सम्भावना उजागरमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर बि. पौडेल, नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसाल, नेकपाका नेता मेघनाथ सुबेदी, कालाञ्जर क्षेत्रको बारेमा अध्ययन तथा अनुसन्धान गर्दै आएका डा.जगन्नाथ रेग्मी, गौशाला महायज्ञका अध्यक्ष राजु आचार्य, सहअध्यक्ष शेरबहादुर क्षेत्री, महासचिव जगन्नाथ आचार्यलगायतले बोलेका थिए ।
स्थानीय जातका गाईको संरक्षण गर्ने अभिप्रायले आयोजित गौ महोत्सव मंसिर २६ गतेसम्म सञ्चालन हुनेछ । गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाइ संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालाञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा सुरु गरिएको गौ महोत्सव एव् महायज्ञबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गर्ने लक्ष्य लिइएको छ ।  
धार्मिक र प्रयाबरणीय रुपमा गाईको महत्व ठुलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणको लागि पहल गर्ने उदेश्यले गौमहोत्सवको रुपमा महायज्ञ सञ्चालन गर्नुपरेको अध्यक्ष आचार्यले जानकारी दिए । स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरिङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा स्थानीय जातका गाई रहेका छन् ।
गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिब जगन्नाथ आचार्यले जानकारी दिए । उनले महायज्ञ एवम् गौमहोत्सवबाट बचत हुने रकमलाई पूर्वाधार विकाससंगै गौशालाको दिर्घकालिन व्यवस्थापनको लागि अक्षयकोष समेत स्थापना गर्ने उद्देश्य राखिएको पनि बताए ।
महायज्ञमा करिब पाँच करोडबढी आर्थिक संकलन गर्ने लक्ष्य लिइएको छ । महायज्ञको व्यवस्थापन संगै छिमेकी जिल्ला, स्थानीय तहहरु र देशव्यापी रुपमा प्रचारप्रसारलाई तिब्रता दिईएको समितिका उपाध्यक्ष शिव जिसीले जानकारी दिए । महायज्ञ अवधिभर स्वामी कमलनयनाचार्य संगै पण्डित सुदर्शन बरालको कथा बाचन र प्रवचन रहनेछ ।
जलजला गाउँपालिका र कुश्मा नगरपालिकाले संयोजन गरेको महायज्ञमा पाँच हजार पाँच सय ५५ भन्दा बढी सहयोग दिने दाताहरुलाई आयोजक घोषणा गरिने भएको छ । महोत्सव अवधिभर एक हजार बढीलाई आयोजक सदस्य बनाउने लक्ष्य लिइएको आयोजक समितिका बरिष्ठ उपाध्यक्ष डण्डपाणी रिजालले जानकारी दिए । कालञ्जर क्षेत्र र गौशालाको विकासको लागि आयोजित महायज्ञलाई सफल बनाउनको लागि गाउँपालिकाले समेत आबश्यक पहल गरेको जलजला गाउँपालिका–४ का वडा अध्यक्ष भिष्म मल्लले बताए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000