मिलनचोक धाइरिङ सडक कालोपत्रे सुरु

पर्वत, मंसिर १९–मिलनचोक धाइरिङ सडक दुई बर्षभित्र कालोपत्रे हुने भएको छ । जलजला गाउँपालिका वडा नम्बर ७ अन्र्तगत मिलनचोकदेखि धाइरिङ सडक कालोपत्रेको लागि बिहिबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलन्यास गरेका हुन । २०७८ साल मंसिर ५ गतेसम्म निर्माण सक्नेगरी सम्झौता भइसकेको यो सडकको बिहिबार तिमिल्सिनाले शिलन्यास गरेका हुन । गौ महोत्सव उद्घाटन गर्न पोखरादेखि हेलिकप्टरमा आएका तिमिल्सिनाले उक्त सडकको कालोपत्रेको पनि शिलन्यास गरेका थिए ।
यो सडक बहुबर्षीय ठेक्कामार्फत पहिलो चरणमा १० किलोमिटर कालोपत्रे हुन लागेको हो । आठ मिटर चौडा रहने सडक २८ करोड १३ लाख छ हजार तीन सय १० रुपैयाँको लगानीमा कालोपत्रे हुन लागेको हो । यो सडकको निर्माणका लागि निर्माण कम्पनीले यही मंसिर ६ गते सम्झौता गरेको थियो । उनले आफ्नो कार्यकाल अझै चार बर्ष बाँकी रहेकोले यो अवधिमा पर्वतका सबै वडा कार्यालय जोडिने गरी सडक कालोपत्रे हुने दाबी गरे ।
०७८ मंसिर ५ गतेभित्र कालोपत्रे भइसक्ने गरी सम्झौता गरिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए । उनले जलजला गाउँपालिकाले पनि पहिलो प्राथमिकता सडकमै दिएको भएपनि सीमित स्रोतसाधनले समस्या भएको बताए ।
उनले जलजलाका सबै मुख्य सडकलाई कालोपत्रे गर्नेगरी प्रयास गरिरहेको पनि जानकारी दिए । मिलनचोक धाइरिङ सडक निर्माण भएपनि धाइरिङ हुँदै शालिजा, क्याङजानसमेत सहज हुनेछ । धाइरिङ सल्यानक्षेत्र तरकारी उत्पादनको पकेट क्षेत्र भएका कारण पनि त्यहाँ उत्पादन भएको कृषि उपज बजार पु¥याउन निकै सहज हुने अध्यक्ष मल्लले जानकारी दिए ।
जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जलजला गाउँपालिकाले विकास निर्माणका योजनामा स्पष्ट प्रतिफल निकाल्नेगरी निगरानी र अनुगमन गरिरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000