गैरआवासिय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषदको अध्यक्षमा आचार्यको औपचारिक उम्मेदवारी घोषणा

पर्वत, असोज ८–गैरआवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद ९एनआरएनए० का उपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । यही असोज २८ गतेदेखि काठमाडौमा हुन लागेको नौ औ विश्व सम्मेलनमा आगामी २०१९–२०२१ को कार्यकालका लागि अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् ।
पर्वतमा जन्मिएर कर्मथलो बेलायत बनाउदै आएका आचार्यले गैरआवासिय नेपालीहरुको बाक्लो उपस्थितिमा मंगलबार बेलायतमा औपचारिक रुपमा अध्यक्ष पदमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् । उम्मेदवारी घोषणासँगै उनले १० बुँदे महत्वपूर्ण प्रतिबद्धता पनि राखेका छन् । उनले आफु सानो पदबाट उपाध्यक्षसम्म पुगेको र यो अवधिमा धेरै कुरा सिकेको भन्दै एकपटक एनआरएनलाई हाक्ने अवसर प्रदान गर्न आग्रह गरेका छन् । नेपालको सम्बृद्धि नै संसारभर रहेका नेपालीको इज्जत र प्रतिष्ठा रहने भन्दै आचार्यले विश्वभर रहेका नेपालीको लगानी नेपालमा भित्राउन ठोल कार्ययोजनासहित पहल गर्ने बताए ।
बैदेशिक राहत कोषलाई दुईबर्षभित्र दोब्बर बनाउने, बैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीको समस्या समाधान तथा उद्दारका लागि एनआरएन हटलाइनको ब्यवस्था गर्ने, एनआरएन सिप विकास केन्द्रको स्थापना गर्न पहल गर्ने, बैदेशिक रोजगारीबाट फर्किएकाको सीप, ज्ञान र स्रोतलाई नेपालको विकासमा लगाउन पहल गर्ने, झन्झटमुक्त गैरआवासिय नेपालीलाई नागरिकता अहिलेको आवश्यकता भएकोले एनआरएनको भावनाअनुसार संसदमा रहेको बिधेयकलाई निष्कर्षमा पु¥याउन पहल गर्ने आचार्यको प्रतिबद्धतामा उल्लेख छ ।
त्यसैगरी गैरआवासिय नेपाली नागरिकताको आधारमा राहदानी बनाउन पहल गर्ने, बेलायतमा रहेका गोरखा सैनिकको नागरिकता नेपालमा कायम गर्न पहल गर्ने, बिदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न पहल गर्ने, लगानी सम्मेलनमा एनआरएनले गरेको सम्झौतालाई अध्यक्ष भएको एक महिनाभित्र संयन्त्र बनाएर कार्यान्वयन गर्ने, सचिवालय ब्यवस्थित गराउने, सबै कल्याणकारी कामलाई एनआरएनए फाउण्डेसनमार्फत गर्नेलगायत प्रतिबद्धता आचार्यले गरेका छन् । आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्प उनले गरेका छन् । मुख्य अजेण्डा आचार्यले केही दिनभित्रै नेपालमा आएर गर्ने भएका छन् ।
पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङमा जन्मिएका आचार्य बेलायतमा बसेर बर्षौदेखि ब्यवसाय गर्दै आएका छन् । बिदेशमा रहेका नेपालीको समस्या समाधानमा सक्रिय रहदै आएका आचार्य २००७ देखि निरन्तर गैरआवासीय नेपाल संघ ९एनआरएनए० अन्तराष्ट्रिय समन्वय परिषदमा काम गर्दै आएका छन् ।
संस्थामा लामो समयसम्म काम गरेको अनुभव र उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएका कारण पनि आफुले स्वभाविक रुपमा अध्यक्षमा प्रतिष्पर्धा गर्ने उनको भनाई छ । प्रवासमा बस्ने हरेक नेपालीलाई संघमा सहभागी गराउने र उनीहरुका समस्या समाधान हुने गरी काम गर्ने मुख्य उद्देश्यका साथ आफु नेतृत्व लिन कस्सिएको पनि जानकारी दिए ।
यसअघि आचार्यले बर्तमान अध्यक्ष भवन भट्टले आफु पुनः अध्यक्षका लागि उम्मेदवारी नदिने बताएसँगै उम्मेदवारी दिने तयारीमा लागेको बताएका थिए । आचार्य २००७ मा संघको बेलायत सदस्य, २००९ मा बेलायतको उपाध्यक्ष, २०११ मा अध्यक्ष, २०१३ मा आइसिसि सदस्य, २०१५ मा युरोप संयोजक र २०१७ मा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष भएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000