सरकारकै कारण लोकतन्त्र खतरामा छ, अधिनायकबादी सपना एक, दुई तीन पुरा हुन दिन्नौ : जोशी

पर्वत, असोज ८–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले बर्तमान सरकारकै कारण लोकतन्त्र खतरामा परेको दाबी गरेका छन् । काँग्रेस पर्वतले यहाँ आयोजना गरेको राष्ट्रिय जागरण अभियानको समापन तथा बिरोधसभालाई सम्बोधन गर्दै जोशीले यस्तो बताएका हुन । उनले संबैधानिक अंगलाई कमजोर बनाउने, मानवअधिकार आयोगलाई अन्र्तराष्ट्रिय मान्यताअनुकुल काम गर्न नदिने, प्रेसको घाटी निचोर्नेगरी मिडिया बिधेयक ल्याउने, स्वतन्त्र अंगहरुलाई प्रधानमन्त्री मातहत ल्याउने, सेनालाई सुरक्षा परिषदबाट मात्रै परिचालन गर्ने ब्यवस्था हटाउने लगायत सरकारका गतिविधिले लोकतन्त्रलाई खतरामा पारेको बताए ।
नागरिकलाई फेरी आफ्नो अधिकारका लागि सडकमा आउन नपरोस भनेर बडो सचेतताका साथ बनाएको संविधानप्रति बितिष्णा ल्याउने गतिविधि सरकारले गरेको आरोप जोशीले लगाए । सरकारले रेल र पानीजहाजको भ्रम छरेपनि जनताका सामान्य आधारभुत आवश्यकता पनि पुरा नगरेको उनले दाबी गरे । उनले सम्बृद्धि भजन गाएर नआउने पनि बताए । ‘सरकारले भजन गाएर सम्बृद्धिका कुरा गरेको छ तर सम्बृद्धि भनेको भजन गाएजस्तो होइन । सम्बृद्धि भनेको हरेक नागरिकको आधारभुत आवश्यकता पुरा गर्नु हो’ उनले भने । उनले बर्तमान केपी ओली नेतृत्वको सरकारले जनताले भोट दिएको बदलामा कर थोपरेको आरोप लगाए ।

जनताहरु जे मा पनि कर तिर्नुपर्ने बाध्यताले आजित भएको भन्दै स्थानीय सरकारले संविधानले दिएका अधिकार नदिदा जनताले बढी कर तिर्नुपरेको उनलको दाबी छ । सरकार भ्रष्टाचारमा मात्रै लिप्त भएको उनले आरोप लगाए । ‘सरकार अहिलेसम्मकै भ्रष्टाचारमा लिप्त भएको छ, सरकारले संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन दिएको छ’ उनले भने–‘सबैभन्दा बढी भ्रष्टाचार, बलात्कार, घोटाला र अनियमितताका काण्ड यही सरकारका पालामा भएका छन् ।’
कहाँ भ्रष्टाचार भएको छ, कहाँ बदमासी भएको छ, सरकारले बोलेको कुरा पुरा किन गरेको छैन, त्यसको खबरदारी गर्ने काम काँग्रेसको भएको भन्दै उनले सरकारलाई खबरदारी गर्नकै लागि काँग्रेसले देशभर जागरण अभियानसँगै बिरोध सभा गरेको जोशीले बताए । उनले सरकार ढाल्नका लागि आन्दोलन नभई सरकारले गरेका भ्रष्टाचार, अधिनायकबादी चरित्र बन्द गरेर जनतालाई न्याय दिलाउनका लागि मंगलबारको बिरोधसभा भएको पनि उनले प्रष्ट पारे ।
उनले सत्तारुढ नेपाल कम्युनिष्ट पाटीले चाइना कम्युनिष्ट पार्टीबाट प्रशिक्षित भएर नेपालमा पनि लोकतन्त्र हरण गर्ने दुष्साहस गर्ने प्रयत्न गरेको टिप्पणी गरे । ‘अहिले चाइनामा नेकपाबाट निर्वाचित भएका झण्डै साढे दुई दर्जन मेयरहरु प्रशिक्षणका लागि गएका छन्, चाइनाबाट कार्यकर्ता प्रशिक्षणका लागि प्रशिक्षक झिकाइएको छ, यो शुभ संकेत होइन’ जोशीले भने । उनले नेकपाले ल्याउने प्रयत्न गरेको कम्युनिष्ट अधिनायकबाद एक, दुई तिन ल्याउन नदिने उद्घोष पनि गरे ।
प्रतिनिधिसभा सदस्य लालकाजी गुरुङ, काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसाल, पूर्वराज्यमन्त्री एवम् काँग्रेस नेतृ चम्पादेवी खड्का, प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठ, काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्री, सचिव बिश्वप्रकाश प्रसाई, प्रदेश ख का सभापति क्या.धनबहादुर थापा, महासमिति सदस्य गंगाधर तिवारी, महाधिवेशन प्रतिनिधि सनम बेगमलगायतले नेकपा सरकारप्रति जनताको ठुलो आशा र भरोसा भएपनि अहिले बल्ल नेकपाले भोट तान्नका लागि मात्रै भ्रम छरेको भन्ने कुरा बुझेको बताएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000