सरकारको कामले मुलुककै बदनाम बनाएको छ : जोशी

पर्वत, असोज २–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले बर्तमान सरकारले मुलुकको बदनाम बनाएको बताएका छन् । सरकारको गलत काम र खराब आचरणले अन्र्तराष्ट्रिय क्षेत्रमै मुलुकको बदनाम बनाएको जोशीले बताए । नेपाली काँग्रेस पर्वत प्रदेश ख क्षेत्रीय समितिले बिहादीको वहाकीमा गरेको राष्ट्रिय जागरण अभियान र बिहादी तरुण दलको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै जोशीले बर्तमान सरकारले जनतालाई चुनाव अघि भ्रम छरेका एउटा पनि काम गर्न नसकेको बताए । ‘चुनावअघि जेजति भ्रम छरिएको थियो, दुई तिहाईको सरकारले एउटा पनि काम गर्न सकेको छैन’ उनले भने–‘सरकारको गलत काम र खराब आचरणले मुलुकलाई बदनाम र लज्जित बनाएको छ ।’ जनतालाई पहिला ठुलाठुला आश्वासन र भ्रम देखाएपनि एउटा पनि पुरा नगर्दा कम्युनिष्ट सरकार ढाट, छल र खराब रुपमा दर्ज भइसकेको दाबी जोशीले गरे ।

यो सरकार बनेपछि थुप्रै किसिमका भ्रष्टाचार, बलात्कार, अपराधका घटना बढेको उनले बताए । उनले दुई तिहाईको सरकारले झन भ्रष्टाचार बढाएकोले त्यसका बिरुद्धमा नेपाली काँग्रेस आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए । उनले कम्युनिष्ठले बन्दुक र हिंसाको भरमा मात्रै शासन गर्नेभएपनि जनतालाई सधै निरन्तर मन जितेर शासन गर्न नसक्ने ठोकुवा गरे । गाउँगाउँमा नेकपा सरकारका बिरुद्धमा जनता असन्तुष्ट र भरोसा गुमाउदै गएकोले अवको निर्वाचनमा नेपाली काँग्रेसले जित्ने बताए । एउटा चुनाव हार्दैमा कुनै चिन्ता नलिन नेता कार्यकर्तालाई आग्रह गर्दै जोशीले अवको जनमत काँग्रेसको पक्षमा हुने दाबी गरे । मुलुकमा बेतिथि, भ्रष्ट्राचार, बलात्कार महँगी मौलाउँदै गएकोप्रति आक्रोश व्यक्त गदै नेता जोशीले सरकारले जनतालाई दुःख बाहेक केही दिन नसकेको बताए ।

नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले कम्युनिष्टको काम जनतामा भ्रम देखाउने र सपना बाड्ने बाहेक केही नरहेको बताए । उनले नेपाली काँग्रेसले खराब कामको बिरोध र राम्रो कामको साथ दिएर अगाडी बढ्ने भन्दै गाउँगाउँमा कम्युनिष्टका खराब कामको भण्डाफोर गर्न निर्देशन दिए ।
नेपाली काँग्रेस पर्वतका लागि खटिएका केन्द्रीय प्रतिनिधि तथा प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले नेपाली काँग्रेसलाई सक्षम र जागरुक बनाउनका लागि राष्ट्रिय जागरण अभियान ल्याइएको बताए । उनले कार्यकर्ताहरुलाई इमान्दार भएर लाग्न पनि आग्रह गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, पैयु गाउँपालिका अध्यक्ष एवम् नेपाली काँग्रेसका महासमिति सदस्य खगेन्द्रप्रसाद तिवारी, महासमिति सदस्य गंगाधर तिवारी, कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने, महाधिवेशन प्रतिनिधी मुना भुषाल, मोहन गुरुङ, पैयु गाउँपालिकी उपाध्याक्ष जसमती गुरुङ, पूर्व महाधिवेशन प्रतिनिधी रेखा गुरुङ, नेपाली काँग्रेसका नेता राम शर्मा पौडेल, नेपाली काँग्रेस पर्वतका जिल्ला कार्यसमिति सदस्य प्रबिन गुरुङ, जिल्ला सदस्य अशोक उच्चै ठकुरी, महाशिला गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी उज्जवल गुरुङ, नेपाली काँग्रेसका आमन्त्रित सदस्य प्रमोद पाण्डे, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीलगायतले बोलेका थिए ।

कार्यक्रममा युवराज भुषाल, नामदेव भुषाल, काशीराम भुषाल, सरोज भुषाल, रामप्रसाद पराजुली, झिल्लुराम न्यौपाने र नारायण भुषाल लगायतले पार्टीको सुदृढिकरण र सुधारका लागि विभिन्न सुझाव राखेका थिए । प्रदेश सभा खका सभापति धनवहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेपाली काँग्रेस बिहादी गाउँपालिका संयोजक विष्णु भुषालले गरेका थिए ।

यसैगरी जागरणअघि तरुण दल बिहादीको प्रथम अधिवेशनको उद्घाटन गरिएको थियो । अधिवेशनमा बोल्दै तरुण दलका जिल्ला अध्यक्ष राज मल्ल ठकुरीले नेपाली काँग्रेस भएकै कारण कुनैपनि काँग्रेस कार्यकर्ताले असुरक्षित महसुस गर्नुनपर्ने बताए । उनले काँग्रेस कार्यकर्ताको सुरक्षा गर्न नेपाल तरुण दल पर्वत सक्षम भएको पनि बताए । तरुण दल बिहादीको अधिवेशन ठकुरीको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रमको सञ्चालन जिल्ला सदस्य सन्तोष हमालले गरेका थिए ।
अधिवेशनले नबिन गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । दलको उपाध्यक्षमा जीवन थापा, पदमबहादुर कुँवर, सचिवमा गंगाबहादुर श्रेष्ठ र सदस्यहरुमा चेतनाथ सिलवाल, दिपक नेपाली, तोयानाथ पौडेल, अर्जुन न्यौपाने, कुमार थापा, लेखनाथ भट्टराई, ठाकुर गुरुङ, माया भुसाल र अमृत भुसाल रहेका छन् । कोषाध्यक्ष पछि चयन गर्ने नेपाल तरुण दल पर्वतका अध्यक्ष ठकुरीले जानकारी दिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000