क्यान्सरपीडित मिनबहादुरलाई इजरायलबाट ६० हजार सहयोग

पर्वत, भदौ ३०–कुश्मा नगरपालिका वडा नम्बर ४ कुश्माका मिनबहादुर परियार (खड्के)लाई इजरायलबाट आर्थिक सहयोग प्राप्त भएको छ । अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष दिपिका भुसालको सक्रियतामासंकलन भएको ६० हजार रुपैयाँ परियारका परिवारलाई हस्तान्तरण गरिएको हो ।
अन्र्तराष्ट्रिय पर्वत समाजका नेपाल प्रतिनिधि मुना भुसालले काठमाडौ मेडिकल कलेजमा उपचाररत मिनबहादुरलाई अस्पतालमै पुगेर हस्तान्तरण गरेकी हुन । भुसालले मिनबहादुरको पत्नीलाई रकम हस्तान्तरण गरेको जानकारी दिइन । उनले सानो रकम भएपनि उपचारमा केही राहत मिल्ने  भएकोले इजरायलमा रहेका नेपालीले संकलन गरेर पठाएको बताइन । यसअघि भुसालले नेदरल्याण्डमा रहेका नेपालीले संकलन गरेर पठाएको ६० हजार सात ४१ रुपैयाँ मिनबहादुरको घरमै पुगेर प्रदान गरेकी थिइन ।
हालसम्म उपचारका क्रममा नेपाल र भारतको अस्पतालमा झण्डै ५० लाख रुपैयाँ खर्च गरिसकेका मिनबहादुरको उपचारमा आर्थिक अभाव भएपछि सहयोगको आब्हान गरिएको थियो । यसअघि पत्रकार रामकृष्ण लामिछानेले एभरेष्ट बैंक कुश्मामा खोलेको खातामा ११ लाख ७४ हजार रुपैयाँ संकलन भएको थियो । उक्त रकम मिनबहादुरलाई हस्तान्तरण गरिसकिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000