जब बाँदरले भातको थाल खोस्न थाले…

काठमाडौं, असार २६–बाँदरलाई व्यवस्था गरिएकोे मकै मानिसले खाएपछि राजधानी काठमाडौँको कतिपय ठाउँमा बाँदरले मानिसका लागि पस्केको भातको थाल खोस्न थालेको छ । पशुपति वरपर ज्यादती गर्ने बाँदर कहिलेकाँही सहरका अन्य ठाउँमा पनि पस्ने गरेका छन् ।

बाँदरले मानिसका भान्सामा पसेर बबन्डर मच्चाउन थालेका छन् । बाँदरलाई कहिल्यै यसो गर्नु नपरोस् भनेर पृथ्वीनारायण शाहका कपरदार भोटू पाँडेले बाँदरका लागि मकै उब्जाउ गर्न राखेको काठमाडौँकै ३१ रोपनी रानीखेत अभिलेखमा मात्र सीमित भएपछि बाँदरलाई पनि भान्सामा पसेर मानिसको भातको थालै खोस्नुपर्ने अवस्था आएको छ ।

यो दृष्टान्त बाल विकास व्यवसायी केन्द्र सिफलमा आश्रित अनाथ र भूकम्पपीडित बालबालिकाले टड्कारो रूपमा भोगिरहेका छन् । यहाँ बालबालिकाले खान तयार भएको पस्किएकै थालको भात बाँदरले खोसेर हैरान गरिरहेको छ । लुगा सुकाउन पनि नपाइने अवस्था छ ।

जुत्तामोजा च्यातेर खोसेर हैरान गर्छ । ‘‘आनन्दपूर्वक खेल्नबस्न नै पाइँदैन, यसो खेल्यो बाँदर झम्टन आइपुग्छ,’’ आश्रमका बालबालिका हैरान हुँदै भन्छन् । रातमा जस्तामाथि बाँदर उफ्रेर बालबालिकाको निद्रा पनि पुग्दैन । व्यवसायी केन्द्रमा आवासीयतर्फ ५२ जना बालबालिका बस्दैआएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000