रेडियो शालिग्रामको राष्ट्रब्यापी वक्तृत्वकला प्रतियोगिता, विपनाले जितिन

पर्वत, असार १४–कुश्माबाट सञ्चालित रेडियो शालिग्रामले सञ्चालन गरेको राष्ट्रब्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता विपना सापकोटाले जितेकी छन् । फलेबास नगरपालिका वडा नम्बर ४ की सापकोटाले प्रतियोगितामा प्रथम भएर २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेकी हुन ।
समृद्ध नेपाल निर्माणमा युवाहरुको भुमिका विषयक प्रतियोगितामा नमुना आवासिय माविका प्रकृति शर्मा दोस्रो, गुरुकुल एकेडेमीका श्रेया श्रेष्ठ तेस्रो भए । आदर्श आवासिय माविका सुर्यचन्द्र रेग्मी र कुश्मा–७ का निरुता शर्माले बराबर अंक प्राप्त गर्दै सान्त्वना भए । प्रतियोगितामा द्धितियलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई पाँचहजारसहित प्रमाणपत्र प्रदान गरिएको रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलले जानकारी दिए ।
उनकाअनुसार प्रतियोगितामा पर्वत, बागलुङ, म्याग्दी, कालीकोट जिल्लाका युवा तथा विद्याथी सहभागी थिए । गण्डकी प्रदेशमै २० हजार राशीको पुरस्कार रहेको वक्तृत्वकला प्रतियोगिता यो पहिलो भएको रेडियो शालिग्रामका अध्यक्ष युवराज जोशीले बताए ।
प्रतियोगिताको शुभारम्भ कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले गरेका थिए । उनले समृद्ध नेपाल निर्माण गर्न विचारले दिक्षित युवाहरुको आवश्यकता रहेको बताए । रेडियोहरुको समाज रुपान्तरणमा मुख्य भुमिका रहेको र युवाहरुको जोशलाई उजागर गर्न यस्ता कार्यक्रम फलदायी बन्ने उनले धारणा राखे । उनले समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आफु संधै तत्पर रहेको र त्यसका लागि सबैको सकारात्मक सद्भाव आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले युवामा रहेको जोश र जाँगरलाई राज्यले समुचित प्रयोग गर्नुपर्ने बताए । युवाहरु धमाधम विदेश पलायन भइरहेको सन्दर्भमा राज्यले स्वदेशमै श्रम गर्ने वातावरण वनाउनुपर्नेमा जोड दिए । उनले युवाहरुमा रहेको प्रतिभाको कदर गर्न प्रतियोगिताले मुख्य भुमिका खेलेको पनि बताए ।
रेडियो शालिग्रामका अध्यक्ष एवम् काँग्रेसका युवा नेता युवराज जोशीले कुनै बेला केही बोल्दा गोली खानुपर्ने विगतको अवस्था अहिले नरहेको भन्दै समाजमा बदल्न यस्ता कार्यक्रम निकै उपयोगी भएको बताए । समाज परिवर्तन हुँदै जाँदा मानिसले बोल्ने अधिकार पाएको बताउँदै जोशीले वाक स्वतन्त्रतालाई सरकारले रोक लगाउने प्रयास गर्नु लोकतन्त्रका निम्ति खतरा भएको टिप्पणी गरे ।
नेपाल निजामति कर्मचारी युनियन (संघ)का केन्द्रीय उपाध्यक्ष एवम् रेडियो शालिग्रामका उपाध्यक्ष शिव शर्मा अधिकारीले समाज रुपान्तरण र विकासमा सञ्चारमाध्यमले उच्च योगदान पु¥याएको चर्चा गरे । उनले यस्ता रचनात्मक कार्यक्रमले समाज रुपान्तरणमा थप टेवा पुग्ने बताए ।  नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले सञ्चारमाध्यम संधै समाजको सकारात्मक रुपान्तरणमा लागिरहेको बताए । उनले युवाको जोश र जागरलाई स्वदेशकै माटोमा रमाउने गराउन यस्ता कार्यक्रमले ठुलो भुमिका खेल्ने धारणा राखे । रेडियो शालिग्रामका सचिव एवं नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीको संयोजत्वमा रेडियो शालिग्रामका कोषाध्यक्ष भुमीराज शर्मा र महेन्द्रोदय माविका शिक्षक कुमार उपाध्याय रहेको निर्णायक समिति बनाइएको थियो ।
कार्यक्रममा रेडियो संचालक समितिका सचिव राजेन्द्रवहादुर क्षेत्रीले रेडियोले गत बर्षदेखि नै श्रोताको चाहना, माग अनुसारको कार्यक्रम उत्पादन गर्दै आएको बताउंँदै आगामी दिनमा रेडियोलाई अझ परिष्कृत गर्दै लैजाने प्रतिबद्धता जनाए । रेडियोले विगतमा पनि विभिन्न सामाजिक एवम् बौद्धिक कार्यक्रम गर्दै आएको उनको भनाई थियो ।
कार्यक्रमको सञ्चालन सचिव राजेन्द्रबहादुर क्षेत्री र प्रतियोगितात्मक कार्यक्रमको सञ्चालन स्टेशन म्यानेजर ओमप्रसाद घायलले गरेका थिए । कार्यक्रममा समाजसेबी लोकनाथ आचार्यसहित कार्यक्रमलाई सहयोग गर्ने संस्थालाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000