जलजलामा ‘गाउँपालिका अध्यक्ष हातेमालो कार्यक्रम’

पर्वत, असार १४–गरिवी निवारण गर्दै पालिकाका बासिन्दालाई स्वरोजगार गराउन जलजला गाउँपालिकाले ‘गाउँपालिका अध्यक्ष हातेमालो कोष’ स्थापना गरी परिचालन गर्ने भएको छ । अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले आर्थिक बर्ष ०७६÷०७७ का लागि ल्याएको नीति तथा कार्यक्रममा जनताले स्थानीयस्तरमा सरकार आएको अनुभुत गर्नेगरी बिपन्न बर्गको उत्थानका निम्ति कोष स्थापना गरी परिचालन गर्ने घोषणा गरेका हुन । आजको नागरिक दैनिकमा खबर छ ।
‘जनताले प्रत्यक्ष अनुभुत गर्नेगरी उनीहरुको आर्थिक विकास, गरीव, दलित, विपन्न, महिला, एकल महिला, फरक क्षमताकालाई स्वरोजगार बनाउन र मुलप्रवाहमा ल्याउनका लागि ‘गाँउपालिका अध्यक्ष हातेमालो कोष’ स्थापना गरी घुम्तीकोष तथा आयआर्जनका कार्यक्रममा परिचालन गरिने छ’ अध्यक्ष मल्लले भने ।
जलजलाले सरसफाईमा नमुना पालिका बनाउने उद्घोष गरेको छ । वारीबेनी, लामाखेत, मिलनचोक, मोहनचोक, लस्ती, खनियाघाट, मल्लाजलगायतका स्थानमा निरन्तर बस्ती विकास र बजारीकरण बढ्दै गएको भन्दै पालिकाले त्यहाँ उत्पादन हुने फोहोरको उचित ब्यवस्थापन गर्ने भएको हो । पालिकाले बजारिक क्षेत्रमा निस्किएको फोहोरलाई ब्यवस्थापनसँगै नौ वटै वडामा पूर्ण सरसफाई बनाउदै दिगो बनाउन आवश्यक नीति लिने अध्यक्ष मल्लले जानकारी दिए ।
‘आगामी बर्ष देखि सरसफाईमा नमुना गाउँपालिका बनाउनका लागि नीति अख्तियार गरी कार्यान्वयनमा ल्याइनेछ’ उनले भने । उनले शौचालय नभएका घरपरिवारलाई तत्काल शौचालय निर्माणका लागि प्रोत्साहन, घरघरमा निस्कने फोहोरको उचित ब्यवस्थापन, सडक, सार्वजनिक ठाउँमा नियमित सरसफाईको ब्यवस्था मिलाउने जानकारी दिए । विभिन्न समयमा विदेशमा जाँदा समेत त्यहाँको सरसफाईको नजिकबाट अवलोकन गरेर फर्केका अध्यक्ष मल्लले जलजला गाउँपालिका ऐतिहासिक पर्यटकीय क्षेत्र पनि भएका कारण सरसफाईमा विशेष ध्यान दिइएको बताए ।
‘जलजला गाउँपालिकामा ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थलहरु रहेका छन्, त्यसको विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने सम्भावना छ, त्यसका लागि पहिलो कुरा स्वच्छ र सरसफाई नै मुख्य कुरा हो’ अध्यक्ष मल्लले भने । पूर्ण सरसफाईयुक्त गाउँपालिका बनाउनका लागि जलजलाले ‘सफा शौचालय, सफा गाँउ घर, वनाउने हाम्रो ध्यान, समृद्ध नमुना जलजला निमार्णमा हाम्रो अभियान’ भन्ने नारासमेत तय गरेको छ ।
जलजला वडा नम्बर ६ लाई पूर्णसरसफाईयुक्त वडा घोषणा गरिसकिएको छ । टोल सुधार समितिहरु गठन गरी प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि गठन हुने टोल सुधार समितिलाई सरसफाईसँग समन्वय गराउने पालिकाको तयारी रहेको मल्लले जानकारी दिए ।

यता जलजला गाउँपालिका तरकारी उत्पादन र पशुपालनका दृष्टिले राम्रो मानिन्छ । अहिले पनि जलजलामा उत्पादन भएको तरकारी, आलु, दुध पर्वतको कुश्मादेखि बागलुङबजार, म्याग्दीको बेनीबजारसम्म जाने गरेको छ । गाउँपालिकाले नौ वटै वडामा सबैभन्दा राम्रो उत्पादन कुन हुन्छ त्यसलाई पहिचान गरेर त्यही ब्यवसाय तथा खेती गर्नका लागि किसान लक्षित प्रोत्साहन कार्यक्रम ल्याउने भएको छ ।
‘अहिले उत्पादन भएको बस्तुलाई के गर्दा उत्पादन बढाउन सकिन्छ, ठाउँ छुट्याएर किसान लक्षित प्रोत्साहन कार्यक्रम ल्याउने तयारी गरेका छौ’ अध्यक्ष मल्लले भने । अनुकुल समयमा उत्पादन हुने ताजा तरकारी, आलु, धानँ, मकै, व्यवसायीक तरकारी, लगायतका अन्नको उत्पादन बढाउने तर्फ आवश्यक कार्यक्रमहरु ल्याइने उनले बताए । उनका अनुसार पशुपालनको रुपमा वाख्रा, पशुजन्य वस्तुको व्यवसायिक उत्पादन गरी पशुजन्य उत्पादन अभिवृद्धि गर्नुका साथै निर्यात गर्नेतर्फ किसानलाई विशेष सहुलियत दिइने भएको छ ।
गाउँपालिकाले वडा नम्बर ६, ७, ८ र ९ मा ताजा तरकारीको उत्पादन वृद्धि गर्न मल, विउसँगै कृषि उपकरण अनुदानमा वितरण गर्ने कार्यक्रमलाई प्राथमिकता दिने भएको छ । त्यस्तै वडा नम्बर १ लाई सुन्तला खेतीमा अझै बिस्तार गर्न प्रबद्र्धन गरिने भएको छ । जलजला १ बासखर्कका बासिन्दाको मुख्य पेशा नै अहिले सुन्तला खेती हो । त्यहाँका बासिन्दाले न्युनतम दुई लाखदेखि अधिकतम १८ लाखसम्म बर्षेनी सुन्तला खेतीबाट आम्दानी गर्दै आएका छन् ।
वडा नम्बर ५, ६, ८ र ९ मा उत्पादन हुने आलुलाई दोब्बर उत्पादन गर्न किसानलाई प्रोत्साहन गरिने भएको छ । जलजलाको शालिजा, बनौ, लेखफाँट, नाग्लीवाङको आलु बजारमा खोसाखोस हुने गरेको छ । त्यहाँका बासिन्दाको मुख्य पेशा नै आलु खेती हो । त्यस्तैगरी जलजला वडा नम्बर २, ३ र ४ मा धान तथा वेमौसमी तरकारी एवं फलफुल उत्पादनका लागी किसानसंग गाँउपालिका कार्याक्रम सञ्चालन गरिने भएको छ ।
‘गाउँपालिकाका बासिन्दाको आयस्तर बढाउन, स्वरोजगार बनाउन जलजलामा कृषि र पशुपालन धेरै महत्वपूर्ण तथा सम्भावना रहेको छ’ अध्यक्ष मल्लले भने–‘त्यसैले हामीले कृषि र पशुपालनमा वडा हेरेर विभाजन गरी प्रोत्साहन गर्ने नीति लिएका छौ ।’ नगदेवालीको रुपमा रहेको तरकारी एवं पशुजन्य उत्पादन एव वजारिकरणका लागि पनि गाउँपालिकाले चासो दिएको छ ।
पशु विमा कार्यक्रम सञ्चालन गर्नका लागि सहज वातावरण बनाउने, वाख्रापालक कृषकलाई प्रोत्साहन स्वरुप वोयर र खरी जातका वोका नश्ल सुधार कार्यक्रम अन्तर्गत अनुदानमा उपलब्ध गराउने गाउँपालिकाको योजना रहेको जनाएको छ ।

त्यस्तै जलजला गाउँपालिकाको हम्पालको लेकको सिमसार क्षेत्रमा आकर्षक ताल बनाउने कामको सुरुवात गरिने भएको छ । तीन हजार तीन सय मिटर बढी उचाईमा रहेको यो क्षेत्रमा ताल निर्माण गर्न सकेमा विश्वका पर्यटकको ध्यान तान्न सकिने अध्यक्ष मल्लको दाबी छ । ‘खासगरी जलजला सिमसार क्षेत्रको नामबाटै पालिकाको नामाकरण भएको छ, यति उच्च भेगमा ठुलो ताल बनाउन सकेमा यहाँ बिश्वभरका पर्यटकको ध्यान तानिनेछ, त्यसका लागि कुनै असम्भव छैन, यो बर्षदेखि हामी सुरु गर्छौ’ उनले भने ।
जलजला सिमसार क्षेत्रको भुभाग जलजलासहित मोदी गाउँपालिका र म्याग्दी जिल्लासँग जोडिएका कारण अन्तर स्थानीय तहसँग समन्वय गरेर योजना अगाडी सारिएको पनि मल्लले जानकारी दिए । मिलनचोक, भुमेस्थान हुँदै जलजला सिमसार क्षेत्र जोड्नका लागि पदमार्गसँग केवलकारको पनि पहल थालिने उनले जानकारी दिए । पर्यटक तान्नका लागि फलामेडाडा, होमस्टेको प्रबद्र्धन गर्ने पालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000