भुसाल भन्छन्, ‘दैनिक सय तस्करी र दलालसँग भेट हुन थाल्यो’

काठमाडौं, बैशााख २३– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेताहरुको दिनमा सय जना दलाल र तस्करीसँग भेट हुने गरेको बताएका छन्। आइतबार कार्ल माक्र्सको २०१ जन्मस्मृतिमा बोल्दै भुसालले विहान तस्करी, दिउँसो दलाल र साँझ आफ्नै पार्टीका नपढाउने प्रोफेसरसँग भेट हुने गरेको बताएका हुन्। उनले भने ‘आँखा मात्रै झिम्काउनुस् त्यहा सबथोक हुन्छ।’

तस्करी, भूमाफिया र भन्सारका मान्छेहरुसँग नेताहरुको उठबस हुने गरेको उनले बताए। उनले भने ‘अलि ठूलो घर भए मात्रै नेताहरु अहिले खुब क्रान्तिकारी ठान्छन्।’ भुसालका अनुसार व्यापारी र तस्करी कसको भन्ने बिषयमा पार्टीभित्रै सैदान्तिक बहस हुने गरेको छ। अहिले कानुनबाट बच्न न्यायाधीस आफ्नै राख्ने गरिएको छ। ‘अदालत र अख्तियारलाई काँध थाप्न नेता, मिडिया र सुरक्षा निकायको गठबन्धनको साक्षि म आफैं हुँ’ भुसालले भने।

पार्टीका नेताहरुले के–के गर्छन् त्यो जानकारी हुनुपर्ने बताउँदै सत्य निरुपण गर्नुपर्ने बताएका हुन्। ‘नेताको जीवन कसरी चल्छ? कुन नेताले के गर्छन्? त्यो पार्टीभित्र बहस र छलफल चलाउन जरुरी छ’ भुसालले भने ‘अनि मेलमिलाप पनि जरुरी छ।’ संगठनलाई भेडीगोठ र आफुलाई गोठालो ठानेको बताउँदै उनले भने ‘अब त छाति पिटेर रुने अवस्था आइसक्यो। नेता र कार्यकर्ताले पार्टीभन्दा माथि आफूठान्दा पार्टी नै ओरालो लाग्ने बताए।

त्यस्तै सरकारप्रति व्यंग्य गर्दै उनले भने ‘दलाल र पूजिँवादविरुद्ध हामी कहिलयै बोल्दैनौं तर सुखी नेपाल र सम्वृद्धि नेपालको नारा घन्काउँछौं।’ भ्रष्टाचार गर्दिन मात्रै भन्छौं तर भ्रष्टाचार हुने प्वाठ टाल्न नसक्दा वासुकी नागको फोटो टाँसेर आफु चोखो हुन खोजे जस्तै हो।’ हिजो राजा र कांग्रेसले खाए आज कम्युस्टिले भन्न थालिसकेका छन्। हुन त मलाई रेल र पानी जहाजको बिरोधी भन्छन् तर म होइन्। एउटा कुरा के बुझौं भने अफ्रिकाको डान्सबारमा नांगो नरोकिएसम्म समाजवाद आउँदैन्।’ नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000