नीति तथा कार्यक्रमप्रति नेकपाकै सांसद रुष्ट

काठमाडौं, बैशाख २२– सरकारले संघीय सांसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल नेकपाका सांसदहरुले असन्तुष्टि जनाएका छन् । नीति तथा कार्यक्रम अघि पर्याप्त छलफल नभएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ह्वपि जारी गर्नु भन्दा छलफल गर्नुपर्ने माग अगाडि सारेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

शनिवार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम राम्रो भएको भन्दै समर्थन गर्न निर्देशन दिनुभएको थियो । २४ गते नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने र २५ गतेदेखि बस्ने संसदीय दलको बैठकमा आ–आफ्नो धारणा राख्न उहाँले निर्देशन दिए ।

तर सांसदहरु जनार्दन शर्मा, रामकुमारी झाक्री र सुरेन्द्र पाण्डेलगायतले नीति तथा कार्यक्रममाथि छलफल गर्न पाउनुपर्ने माग अगाडि सारेका थिए । असन्तुष्टि जनाउने सांसदहरुले नेताको निर्देशन र व्हीप मात्रै जारी गर्न मात्र कार्य स्वीकार्य नभएको चेतावनी दिएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000