११७ वर्षीय लामिछानेलाई मासिक १० हजार दिने निर्णय

नुवाकोट, बैशाख १८ – ककनी गाउँपालिका ८ की ११७ वर्षीया बाटुली लामिछानेलाई मासिक १० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको छ । स्वास्थ्योपचरा तथा पोषण खाद्यपदार्थमा खर्च गर्ने गरी उनलाई सो रकम दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताए । गत माघदेखि अध्यक्ष लामाले लामिछानेको नाममा मासिक पाँच सय रुपैयाँ सहकारीमा जम्मा गरिँदै आइरहेका थिए ।

त्यसैलाई निरन्तरता दिँदै गाउँपालिकाले लामिछानेलाई आफ्नै जन्मदाता सम्झेर आर्थिक सहयोग गरेको अध्यक्ष लामाले बताए । ‘गाउँमा यस्ता ज्येष्ठ नागरिक बिरलै भेटिन्छन् । उनीहरुको सम्मानमा यस्ता कार्यक्रम ल्याउनु हाम्रो कर्तव्य हो,’ अध्यक्ष लामाले भने, ‘हामीलाई हुर्काउन हाम्रा आमाबाहरुले कति कष्ट सहनुप¥यो । त्यसैले मूल्य तिर्न गाउँपालिकाले थोरै भए पनि आर्थिक सहयोग गर्न लागेको हो ।’ याे समाचार भगवती लामाले नागरिकमा लेखेकी छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000