लायन्स क्लब अफ भुमेकोटको प्रथम अधिवेशन, अध्यक्षमा भण्डारी

पर्वत, बैशाख ५– लायन्स क्लव अफ भूमेकोटको प्रथम अधिबेशन सदरमुकाम कुश्मामा सम्पन्न भएको छ । यो क्लब कुश्मामा सातौँ क्लवको रुपमा २०१८ अक्टोवरमा गठन भएको हो । क्लवको आज सम्पन्न अधिबेशनले अध्यक्षमा नवराज भण्डारी, प्रथम उपाध्यक्षमा राधाकुमारी कुँवर क्षेत्री, दित्तिय उपाध्यक्षमा नारायण कुँवर, तृतिय उपाध्यक्ष धनकुमारी सुबेदी, सचिवमा गणेशबहादुर भण्डारी, कोषाध्यक्षमा खगेश्वरी शर्मा सहित २२ जना सदस्य रहेका छन् ।

लायन्स क्लवका ३२५ वि वानका को चिफ एडभाईजर काशीकुमार जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवामा समर्पित भएका व्याक्तिहरुको विश्वव्यापी संस्थाको रुपमा लायन्स क्लवहरुले काम गर्दै आएको बताउँदै लायन्सकर्मीहरुलाई क्लवमा आवद्ध भई इमान्दारपूर्व काम गर्न आग्रह गरे । जोशीले कुनै लाभका लागि नभई निस्वार्थ सेवाका लागि आफुहरु संस्थामा आवद्ध भएर काम गर्दै आएको बताए ।
कार्यक्रममा रिजन चियर पर्सन सरस्वती भण्डारी, जोन चियर पर्सन अर्जुन चापागाई, अजिता शर्मा, लायन्स क्लव अफ ब्रिज सिटीका अध्यक्ष विमलशर्मा पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै लायन्स क्लव अफ भूमेकोट सातौँ क्लवको रुपमा पर्वतमा स्थापित भएकोमा सफलताको शुभकामना दिए ।

लायन्स क्लव अफ भूमेकोटका अध्यक्ष नवराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत डाईरेक्टर तेजेन्द्र सुबेदीले र सञ्चालन सचिव गणेशवहादुर भण्डारीले गरेका थिए । उक्त कार्यक्रममा ध्वजाको अभिवादन तृतिय उपाध्यक्ष धनकुमारी सुबेदीले गरेकी थिइन । अधिवेशनले पुरानै समितिलाई निरन्तरता दिएको हो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000