पद र दलगत स्वार्थभन्दा माथि उठौ : जोशी

पर्वत, बैशाख ३–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले पद र पार्टीको स्वार्थभन्दा आफु जन्मेको जिल्लाको पहिचान र विकासमा जुट्न आब्हान गरेका छन् । पर्वत जेसिजले नयाँ बर्ष २०७६ सालको अवसरमा आयोजना गरेको सडक खाना महोत्सवको सोमबार कुश्मामा समापन समारोहलाई सम्बोधन गर्दै जोशीले राजनीति गर्नेहरुले पद र दलगत स्वार्थ भन्दा माथि उठेर जिल्लाको विकास र पहिचानमा लाग्नुपर्ने बताएका हुन ।
आकाशका तारा झार्ने गफ दिनुभन्दा पनि बास्तविक काम गर्नुपर्ने भनाई उनको थियो । गाउँगाउँमा हरेक विकास निर्माणका सुविधा पु¥याएर बिदेशीका पर्वतेली युवालाई जिल्लामा रहेर रोजगारी मिल्ने काम गर्ने हो भने धेरै सम्भावना र सम्भव रहेको धारणा उनले गरे ।  पर्वत जिल्ला पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलहरु, अग्ला पुलहरु, बञ्जीजम्प, आकर्षक गुफाहरुका कारण विश्वमै छुट्टै पहिचान बनाउन सफल भएको भन्दै उनले जिल्लाको थप पहिचानमा राजनीति गर्नेहरुले पनि महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।
पर्वत जिल्लाले राष्ट्रियस्तरमै पहिचान बनाएका कलाकारहरुसमेत जन्माएको, अग्ला झोलुङ्गे पुलको हब बनेको, पर्वत जिल्लामा सबै वडामा गाडी पुगेको, विकास सुचाकांकमा मुलुकमै ७÷८ नम्बरमा आएको, जतासुकै पर्वत जिल्लाको चर्चा हुनुले आफु पर्वत जिल्लामा जन्मन पाएकोमा खुशी लाग्ने गरेको जोशीले बताए ।
हिजो सरुवा भएर जादा कर्मचारी पर्वत नरोजेर म्याग्दी, बागलुङ जाने गरेकोमा अहिले कर्मचारी पर्वत आउन रहर गर्ने गरेको उनले बताए । उनले यो महोत्सव अर्को बर्ष पनि राख्न र यस्ता मेला महोत्सवले जिल्लाको पहिचानका लागि ठुलो भुमिका खेल्ने उनले बताए ।
नयाँ बर्ष २०७६ को अवसरमा चैत ३० गतेदेखि सुरु भएको सडक खाना महोत्सव सोमबार सम्पन्न भएको हो । आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने तथा लामा र अग्ला पुलले घेरिएको कुश्मालाई नयाँ बर्ष मनाउने पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले सडक खाना महोत्सब आयोजना गरिएको पर्वत जेसिजका अध्यक्ष मोहन आचार्यले जानकारी दिए ।
नयाँ बर्ष मनाउन पदयात्रामा जाने, पोखरा र फेवा किनारमा मनाउन जाने पर्वत, बागलुङ्ग, म्याग्दी, कास्की र स्याङ्गजाका आन्तरिक पर्यटकलाई लक्षित गरेर महोत्सब आयोजना गरिएको पनि उनले बताए । स्थानिय मौलिक परिकारप्रति आकर्षक बढाउन, धार्मिक र पर्यटकीय स्थलको प्रचार–प्रसार, लघु, घरेलु उद्योगहरुका उत्पादनहरुको बजार समेत प्रर्बद्धन गर्न पनि महोत्सब सफल भएको आयोजकको दाबी छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000