नगर प्रमुख जोशीको ज्यादतीबिरुद्ध उपप्रमुख लामिछानेद्वारा कुश्मा नगरसभा बहिष्कार

पर्वत, बैशाख २–कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उपप्रमुख सिता काफ्ले लामिछानेमाथि ज्यादती गरेका छन् । उपप्रमुख लामिछानेलाई नगरपालिकाभित्र अपाङ्गताजस्तै बनाएका जोशीले सोमबार नगरसभामार्फत थप अधिकार खोसेका छन् । विगतदेखि नै लक्षित बर्गको संयोजक भएर काम गर्दै आएकी उपप्रमुख लामिछानेलाई नगरसभामा संयोजक पदबाट हटाएर नेकपाबाट निर्वाचित देबेन्द्र नेपालीलाई बनाएका हुन ।

काँग्रेस पार्टीले टिकट दिएर जितेपनि नेकपाको सरसल्लाहमा चल्दै आएका जोशीले उपप्रमुख लामिछानेको संयोजक पद खोसेर नेकपाका नेपालीलाई दिएपछि उपप्रमुख लामिछानेले बिद्रोह गरेकी छन् । उनले सोमबार कुश्मास्थित पर्वत उद्योग बाणिज्य संघको सभाहलमा भएको नगरसभामा आफ्नो कुरा राखेर बाहिरिएकी छन् । ‘म माथि नगर प्रमुख रामचन्द्र जोशीले अन्याय गर्नुभयो, विगतदेखि लक्षित बर्गको संयोजकको रुपमा काम गर्दै आएको पद बिना सरसल्लाह खोस्नुभयो, त्यसबाट मलाई चित्त बुझेन र निर्णयमा नोट अफ डिसेन्ट लेखेर म बाहिरिएको छु’ कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले भनिन् । उनले पटक–पटक मिलेर नगरको विकास र समृद्धिमा काम गर्न आफ्नो प्रस्ताव भएपनि आफुलाई पेल्ने, अधिकार खोस्ने काम भएको गुनासो लामिछानेले गरिन । नगर प्रमुख जोशीले गरेको क्रियाकलापमको कुश्मा नगरपालिकाका १४ वटै वडाका नगरबासीले दुःखद भनेका छन् ।
नगरमा किन पेलिइन उपप्रमुख ?
कुश्मा नगरपालिकामा नगर प्रमुख रामचन्द्र जोशी र प्रमुख प्रशासकिय अधिकृत सुबासकुमार लामिछानेले उपप्रमुख सिता काफ्ले लामिछानेलाई पेलानमा पार्ने गरेका छन् । उपप्रमुख लामिछानेले ल्याएको कुनैपनि प्रस्ताव अस्वीकार गर्ने उनीहरुले उपप्रमुख प्रमुख हुने न्याय समिति गठन गर्न समेत अबरोध गरेका छन् । हरेक बैठकमा लामिछानेले न्याय समिति गठन गर्न माग गरेपनि नगर प्रमुख जोशीले बेवास्ता गर्ने गरेका छन् । प्रमुख जोशीसँग मिलेर प्रमुख प्रशासकिय अधिकृत लामिछानेले पनि उपप्रमुखलाई त्यो को हो र भन्ने गरेका छन् । त्यसो त उपप्रमुख लामिछानेले नगरपालिकाभित्र दुई वडा गाडी भएपनि नगरभित्रकै वडामा जानपर्दा समेत गाडी बिग्रिएको, अन्यत्र गएको लगायत बनावटी जवाफ पाउदै आएकी थिइन । अति भएपछि उपप्रमुख लामिछानेले नगर प्रमुख जोशी चढेको गाडी नै खोस्नुपर्ने बाध्यतासम्म भयो ।

गत माघ २८ गते नगरप्रमुख जोशी, प्रमुख प्रशासकिय अधिकृत सुबासकुमार लामिछानेसहितलाई गाडीबाट ओरालेर उपप्रमुख लामिछानेले गाडी खोसेकी थिइन । त्यो घटनापछि उपप्रमुख लामिछानेले नगरपालिकाको पुरानो गाडी प्रयोग गर्न थालेकी छन् । कुश्मा नगरपालिकाभित्र उपप्रमुख लामिछानेले सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएकी हुन । उनले नगरप्रमुख जोशीले भन्दा बढी मत प्राप्त गरेकी थिइन । तर अहिले उनका हरेक प्रस्तावमा बाँझो हाल्ने काम भएको नगरस्रोतले जनायो । पालिकाभित्रको न्यायपालिकाको जिम्मा नै उपप्रमुख र उपाध्यक्षलाई हुन्छ । तर उपप्रमुख लामिछानेले दुई बर्ष बित्न लाग्दा पनि न्यायसमितिको संयोजक बन्न पाएकी छैनन । कतिपय ठाउँमा गएर उनले बोलेका योजना समेत पारित नगर्ने गरिएको छ । नगर प्रमुख जोशीले कतिपय ठाउँमा ब्यक्तिगत रुपमा सहयोग बोलेका कुरा पनि नगरपालिकाभित्रै बिल ल्याएर भुक्तानी गरिएको छ । तर, उपप्रमुख लामिछानेले बोलेका कुरामा पास नगर्ने गरिएको छ । उपप्रमुख लामिछानेले अहिले आफुले नगरपालिकाबाट पाउने तलबभत्ताबाट नै आफुले बोलेको ठाउँमा सहयोग प्रदान गर्दै आएकी छन् ।
नगर प्रमुखको भुमिका
नगरपालिकालाई कसरी सफल बनाउने भन्ने प्रमुख भुमिका नगर प्रमुखको हो । नगरपालिकालाई आफ्नो कार्यकालभित्र के के काम गर्न सम्भव छ ? के के योजना बनाउने ? बजेट कसरी जुटाउने ? वातावरण अनुकुल कसरी बनाउने भन्ने नगर प्रमुखको भुमिका रहन्छ । तर कुश्मा नगरपालिकाभित्र नगर प्रमुख रामचन्द्र जोशीले जिम्मेबार ढंगले काम नगरेको पाइएको छ । जोशी काँग्रेस पार्टीले टिकट दिएर निर्वाचित गरेका नगर प्रमुख हुन । काँग्रेसतर्फबाट कुश्मा नगरपालिकामा उपप्रमुखसहित पाँच वटा वडा अध्यक्ष निर्वाचित छन् । तर जोशीले न उपप्रमुखसँग गम्भिर रुपमा छलफल र बैठक गरी निष्कर्षमा पुग्छन, न वडा अध्यक्षसँग नै । बैठक होस, वा नगरसभा होस, जोशीले केही नेकपाबाट निर्वाचित वडाअध्यक्षसँग गोप्य गरेर प्रस्ताव ल्याउने गरेका छन् । त्यसप्रति काँग्रेसबाट निर्वाचित उपप्रमुख र वडाअध्यक्ष असन्तुष्ट छन् । काँग्रेसको तर्फबाट बनेको घोषणापत्रमा के थियो ? जनतालाई के के कुरामा बाचा गरिएको थियो, त्यो भन्दा पनि हचुवाको भरमा बिपक्षीको रणनीतिमा सघाउ पु¥याएर निर्णय लिदै आएका छन् । यसले न काँग्रेसका जनप्रतिनिधि सन्तुष्ट छन, न मत दिएर जिताएका मतदाता नै । कुश्मा नगरपालिकाका जनताले पाँच बर्षको अवधिमा देखिनेगरी बिकास चाहेका थिए ।

पाँचबर्षको अवधिमा नगर प्रमुख जोशीले हरेक वडा कार्यालय जोडिने सडक कालोपत्रे गर्ने, एक घर एक धारा, रोजगारीका अवसर, कुश्मा चक्रपथ निर्माणलगायतका योजना अघि सारेका थिए । सोही अनुसार मतदाताले जिताए पनि तर उनको भुमिकाले आम कुश्मा नगरबासी अहिले असन्तुष्ट बनेका छन् । जोशीमाथि आफ्ना कार्यकर्तालाई पेलेर बिपक्षीलाई बढी नै सघाउने गरेको, नगरभित्रका योजनालाई पारदर्शी बनाउन नसकेको, नगरपालिकाभित्र भइरहेको भ्रष्टाचार रोक्न नसकेको, मन नपरेका नगरबासीलाई पेल्ने गरेको, चुनावमा बोलेअनुसार योजना ल्याउन नसकेको, आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बिश्वासमा लिन नसकेको, कर्मचारीको ब्यवस्थापन गर्न नसकेको, नगरपालिकाभित्र पाउने सेवालाई प्रभावकारी बनाउन नसकेको, चर्को करलाई नियन्त्रण गर्न नसरी नगरबासीलाई चर्को कर तिर्न बाध्य बनाएको, आफुलाई टिकट दिएर निर्वाचित गरेको काँग्रेस पार्टीसँग समन्वय नगर्ने गरेको लगायतका गम्भिर आरोप लाग्ने गरेको छ ।
अल्पमतको नाटक गर्दै नगर प्रमुख जोशी
स्थानीय तहमा बहुमत र अल्पमत भन्ने हुँदैन । बिपक्षी भन्ने संविधानमा कल्पनासमेत गरिएको छैन । नगर प्रमुखले चाहेका हरेक काम कुश्मा नगरपालिकामा भइरहेका छन् । तर उनले काँग्रेसनिकटले मागेका योजनालगायतका काममा भने अल्पमत भएको भन्दै टार्ने गरेका छन् । कतिपय योजना किताबमै नभएका योजना प्रमुख प्रशासकिय अधिकृतसँग मिलेर भित्रभित्रै बितरण गर्ने गरेपनि काम गर्न अनिच्छुक लागेमा उनले अल्पमतको कुरा निकाल्ने गरेका छन् । उनले आफुले गर्नुपर्ने काम भएमा भने नेकपाका वडाअध्यक्षसँग जस्तोसुकै भित्रि सम्झौता गरेर पनि गर्ने गरेका छन् ।
कुश्मा नगरपालिकामा यस्तो बेथिति
कुश्मा नगरपालिकाभित्र कुन कुन शाखाले कहाँ, कहाँबाट के, के सेवा दिन्छन्, स्वयम जनप्रतिनिधिलाई नै थाहा छैन । बिषयगत कार्यालयबाट नगरपालिकामा आएका कर्मचारीले कहाँ कहाँबाट सेवा दिइरहेका छन् र उनीहरुको सेवालाई कसरी ब्यवस्थित गराउने भन्नेमा कुश्मा नगरपालिका गैरजिम्मेबार बनेको छ । कर्मचारीलाई बस्ने ठाउँसमेत उपलब्ध गराउन नसकेको कुश्मा नगरपालिकाभित्रको बेथिति उत्कर्षमा पुगेको छ । संघीयताअघि नै स्थापना भएको नगरपालिका विकास, सुशासन र समृद्धितर्फ संस्थागत हुँदै जानुपर्नेमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगरको बेथिति उत्कर्षमा पुगेको हो । जनप्रतिनिधिबिच नै स्वार्थ, पद र जिम्मेबारीका सम्बन्धमा बार्गेनिङ हुन थालेपछि जिल्लामै सम्भावना बोकेको कुश्मा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएको झण्डै दुई बर्ष ब्यर्थै बितेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000