पालिकाका जनप्रतिनिधिलाई निगरानीमा राखेका छौ : आयुक्त गुरुङ

पर्वत, चैत २९–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.साबित्री थापा गुरुङ्गले स्थानीय तहमा बढी अनियमितताका गुनासा आएको बताएकी छन् । उनले स्थानिय तहमा ब्यापक मात्रामा अनियमितता र भ्रष्टचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका कामलाई आयोगले नजिकबाट निगरानी गरिरहेको बताइन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरेको कार्यक्रममा आयुक्त गुरुङ्गले अख्तियारले जनप्रतिनिधि र स्थानिय तहमा भइरहेका गतिविधिलाई नियालिरहेको बताएकी हुन । उनले जुनसुकै बेला छानबिन र कारबाही हुने भन्दै अव नतिजामा जाने चेतावनी दिएकी हुन । उनले आयोगले आफ्नै आयुक्तमाथि समेत छानबिन र कारबाहीका लागि प्रक्रिया थालेको भन्दै गलत गर्नेमाथि कारबाही भएरै छाड्ने बताइन ।
उनले जनप्रतिनिधिलाई ब्यावहारिक भन्दा पनि बिधिमा रहेर काम गर्न आग्रह गरिन । ‘जनप्रतिनिधिले बिधिमा रहेर काम गर्नुपर्छ, ब्यावहारिक कुरालाई छाड्नुस्’ उनले भनिन् । बिधि र कानुनको परिधिमा नरहनेलाई आयचोगले जुनसुकै बेला कारबाही गर्ने गुरुङले प्रष्ट पारिन । स्थानिय तहमा जथाभावी नियम बनाउने र अनावश्यक रुपमा खर्च गर्ने प्रबृति बढेको भन्दै प्रचलित कानुनले बर्जित गरेका काम गर्ने जनप्रतिनिधिहरु भ्रष्टचारको अभियोगमा पर्ने खतरा रहेको उनको भनाई थियो ।
उपभोक्ता समितिमा आफन्तलाई राख्ने, आफ्ना र आफन्तका निर्माण उपकरण परिचालन बढेको उजुरी सबैभन्दा बढी अख्तियारमा परेका कारण यस्ता काम रोक्न अथवा काबार्हीका लागि तयार हुनुपर्ने धारणा उनले राखिन् । अख्तियारको दुरुपयोग गरे आयोगमै रहेकाले पनि सजाय पाउने उनको भनाई थियो । ‘आफ्नै आयुक्त माथि पनि अनुसन्धान गरेर अभियोजन गरेका छौै भने कसैलाई छाड्ने कुरा हुँदैन’ उनले भनिन् ।
जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले स्थानिय तहले कानुन अनुसार काम नगर्ने र अरुलाई दोष दिने प्रबृत्ति बढेको बताए । नदीजन्य पर्दाथ उत्थनन र बिक्री गर्ने कुरा सधै बिबादमा आएको बताउँदै वातावरणीय प्रभाब मुल्याँकनको प्रतिबेदन अनुसार घाटगद्दी गरेर बिक्री गरेमा कुनै समस्या नआउने बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराका प्रमुख काशीराज दाहालले जनप्रतिनिधिले ब्यबसाय गर्ने छुट भएपनि आफ्नो स्थानिय तहबाट प्रत्यक्ष लाभ लिने गरि ब्यबसाय गर्दा अख्तियारको दुरुपयोग र गलत मनसाय देखिने भएकाले सचेत हुन आग्रह गरे । ‘ब्यबसाय गर्नुस, कसैलाई रोकावट छैन तर डोजर आफ्नै, तारजाली आफ्नै, सिमेन्ट आफ्नै प्रयोग गर्ने गरि काम नगर्नुस’ उनले भने–‘प्रतिष्पर्धामा दिनुपर्ने काम आफन्त र आफैलाई  पार्ने कुरा अख्तियारको दुरुपयोग हुन्छ ।’
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सुशासन कायम गर्ने कुरामा कार्यालय प्रमुख र स्थानिय तहका कर्मचारीले सहयोग गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा सञ्चारकर्मीहरुले स्थानिय तह र सरकारी कार्यालयहरुमा अनियमितता बढेको बताएका थिए । कतिपय जनप्रतिनिधीले सामान्य काम गर्दा पनि अनेक बहानामा रोक्ने काम गर्दा अधिकार हनन भएको भन्दै ध्यानाकर्षण गराएका थिए । त्यसैगरी केही स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत समायोजनमा परेर छाड्ने बेलामा मध्यरातमा लेखा शाखा खुल्ने गरेको, सुसासन र पारदर्शिता निकै कमजोर बनेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाही फितलो भएकोलगायतका गुनासा राखेका थिए ।
कार्यक्रममा नेकपाका नेता भक्त कुँवर, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य डा.चुडामणी शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, सचिव गणेश गिरी, पत्रकार बैकुण्ठ गिरी, रामकृष्ण लामिछाने, वडा अध्यक्षहरु कृष्णप्रसाद लामिछाने, थानेश्वर तिवारी, टिकाराम गौडेल, जीवन उच्चै, हरिविकास जिसी, देबेन्द्रबहादुर भण्डारीलगायतले बोलेका थिए । कार्यक्रममा अख्तियारका सहमहान्यायाधिवक्ता धु्रबकुमार चौहान र उपसचिव मेघनाथ रिजालले आयोगले कामकारबाही, आयोगको नीति तथा कार्यक्रम, उद्देश्यका बारेमा जानकारी गराएका थिए ।  नागरिक दैनिकबाट

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000